
जवानीमा फकाउँछन् गुलाब देखाएर
बच्चामा फकाउँथे ललीपप देखाएर
मेरो प्यारालाई साहुले मुग्लान पठायो
आकासिँदै गर्या ब्याजको दर देखाएर
बोरा ओडि सुत्नेलाई जिस्काउँदैछ जाडो
दोकानमा राख्या बाक्लो सिरक देखाएर
यस्तो लाग्छ पाप गर भन्दैछन् धर्मभिरु
मन्दिर को मौला अनि रगत देखाएर
हाम्रो जोडि यस्तै होस् भन्नुहुन्छ उहाँ सधैं
भन्ज्याङको वर सँगै पिपल देखाएर
ए! एकता माया देऊ भन्दैछन् मान्छेहरु
मन हैन सम्पत्ति र नगद देखाए



