टाेखा ।ऐतिहासिक नगर टाेखा नामबाट नयाँ पुस्तक प्रकाशित भएकाे छ । मदन श्रेष्ठद्वारा लिखित पुस्तककाे शनिबार ३ नम्बर प्रदेशका सभासद सुरेन्द्र राज गाेसाईले विमाेचन गर्नुभएकाे हाे । राजवीर डंगाेलकाे सभापतित्वमा भएकाे कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, टाेखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दीपक राज जाेशी, साहित्यकार प्रभात सापकाेटा, टाेखाका मूल नाइके हेमराज श्रेष्ठ, टाेखा संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगाेल लगायतले मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि. द्वारा प्रकाशित पुस्तकमा १ सय ६४ पृष्ठ रहेकाे छ । रबिन डंगाेलले स्वागत गर्नुभएकाे कार्यक्रममा टाेखा नगरकी उपप्रमुख ज्ञानमाया डंगाेलकाे पनि उपस्थिति रहेकाे थियाे । पुस्तकमा एेतिहासिक दस्तावेजहरू उल्लेख्य रूपमा संग्रहित छन् ।



