गजल


देखावटी उधारोमा माया चल्ने रहेछ 

झुठो  माया बीच बाटैमा छल्ने रहेछ

 

ईच्छा,आकांक्षा हरेकको आफ्नै हुन्छन

दुई तर्फी माया नपाएर जल्ने रहेछ

 

कसैलाई दुख दिनु हुन्न छोटो जिन्दगीमा

चोखो मायाभित्र मुस्कान फल्ने रहेछ

 

साँचो माया संसारमा अमर नै हुन्छ

झुटो माया ढिल्लै भएनी ढल्ने रहेछ

यसमा तपाइको मत