टोखा ⁄ सांस्कृतिक संरक्षित क्षेत्र टोखाको मौलिकता संरक्षण गर्न विदेशीको सहयोग लिन सुझाव दिन थालिएको छ । मंगलबार टोखा केब मिनी फन पार्कमा आयोजना गरिएको टोखा संस्कृति सम्पदा संरक्षण दबूको विशेष भेलामा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले भक्तपुर, बन्दीपुर, पनौती र हनुमानढाकाको संरक्षणमा विदेशी राष्ट्रको संलग्नताको उदाहरण दिंदै जापानी, अमेरिकी, चीनियाँ, फ्रेञ्च सरकारको सहयोग लिन सकेमा टोखाको मौलिकता फर्किन सक्ने र पर्यटकहरु भित्रिन सक्ने स्पष्ट गर्नुभयो ।
दबूका अध्यक्ष मनिराज डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा संरक्षणका लागि बजेट अभाव रहेको बताउनुभयो । उपपमुख ज्ञानीमाया डंगोलले आफूहरु टोखाको मौलिकता फर्काउन लागिपरेको स्पष्ट गर्नुभयो । पत्रकार कुमार रञ्जितले नेपालमा संस्कृति सम्पदाको मुहानका रुपमा रहेको प्राचीन गुथि व्यवस्थामा सरकारले थप हस्तक्षेप गरेर प्राधिकरण बनाउन संसदमा विधेयक ल्याएकोमा ध्यानाकर्षण गर्दै त्यसतर्फ सम्पूर्ण गुथि सम्बन्धितहरुले संरक्षणमा जोड दिनुभयो ।
नेवाः दबू टोखाका अध्यक्ष देवराज डंगोलले स्वागत गर्नुभएको कार्यक्रममा दबूका सचिव गणेशमान श्रेष्ठले आफूहरु टोखा संरक्षित क्षेत्रको कार्यविधि कार्यान्वयन गर्न लागि परेको स्पष्ट पार्नुभयो ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

