खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ४ / आमाको खोजी

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,बनेपा,नाला -४ ,काभ्रे


पुस्तकको नाम : आमाको खोजी
विधा : लघु कथा संग्रह

लेखक  : डा.गणेशकुमार पौडेल

प्रकाशक :जनमत  प्रकाशन नेपाल

बनेपा ,काभ्रे

संस्करण : पहिलो

पुस्तकको मुल्य : २००/-  संस्थागत ०००/-

आवारण :

मुद्राक :

कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे

पृष्ठ संख्या : ७६ +२२   पृष्ठ

पुस्तकको साइज : स्मार्ट

ISBN NO.: 9937924672

रचना संख्या : ७५

भूमिका लेखक : डा.पुष्करराज भट्ट /आमाको खोजीमा डा.गणेशकुमार पौडेल

शुभकामना लेखक :

पुस्तक प्रकाशन मिति: २०७६भाद्र

प्रकाशकीय : मोहन दुवाल

यस संग्रह भित्र लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई कलात्मक शैलीमा ७५ वटा लघु कथाहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र निडर भएर लेख्नु भएको छ /साहित्यकार मोहन दुवालको भनाइलाई सापटी लिने हो भने अक्षरमा आफु पोखिंदै बाँच्न पाउँदा गौरब गर्ने एकजना अक्षरयात्री डा.गणेशकुमार पौडेलका यी लघुकथाहरू समाजपरक चेतनाका हरफहरु हुन् /

भाषा शैली राम्रो हुनुका साथै पढ्न शुरु गरे देखि अन्तिम सम्म पढौ पढौ लाग्ने खालको छ / सबै जसो कथाहरु एकै पेजमा समेटिएका छन् र कथाहरु विभिन्न समयमा बिभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित लाइ ग्रन्थको दिएको देखिन्छ /यस लघुकथा  संग्रह नेपाली साहित्य भण्डारमा छुट्टै स्वादको रहेको छ / नरेन्द्रबहादुर श्रेष्ठद्वारा बनाईको जराकलाको फोटोलाई आकर्षक कभर डिजाइन गराएको छ /  कभरको पछाडी लेखकले संगीतका साधन हार्मोनियम बजाएको फोटो सहित २९ वटा उहाँका कृतिहरुको नाम र विधा दिएको छ /बि.सं.२०२५ सालदेखि लेखन आरम्म्भ गरेका खारिएका लेखकको खारिएका लघुकथाहरू एक संग्रहनीय कृति बनेको छ /

 

यसमा तपाइको मत