परिवारसंग प्रस्न

- रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


बा!

यो  सपनाको आकाशमा

कितिञ्जेल बिचारको मदानी घुमाएर बसौ ?

त्यसैले  बा

मलाइ एक झोक्का हुरी चाहिएको छ /

 

आमा !

अधिकारको रेखाचित्र

हेरेर म कतिन्जेल

यो आँखालाई बिछ्याई राखु ?

त्यसैले आमा

मलाइ उघारिएको चेतना चाहिएको छ /

 

दाजु !

भ्रमको विश्वासमा अड्किएको

यो समाजमा कति रहू ?

त्यसैले दाजु

मलाइ गौरवशाली यात्रा शुरु गर्नु छ /

 

भाइ !

बिरोधका पसलहरु

थापेर कतिन्जेल बसू ?

म बाँचेको समाज फेर्न

आकाशलाई काँधमा राखेर

भए पनि

नतुहीने आशा लाग्दो क्रान्ति चाहिएको छ /

 

दिदी !

आफ्नो रहरहरुलाई

कति पटक बन्दकी राख्नु ?

त्यसैले आँखामा  असन्तोषका चेप्रा  हटाउन

मुठ्ठी कसेका कसिलो हातहरुको

शाहासी साथ चाहिएको छ /

 

बहिनी !

म उत्सुकताको गुन्टा  बोकेर

यो गरिब बस्तिहरुमा कति चाहार्नु ?

चर्किएको घाउहरुमा लगाउन

बसन्तका मुस्कानहरुको मलमपट्टी चाहिएको छ /

त्यसैले  म हार्दिकताका साथ

मेरो सानो परिवारलाइ सोध्न चाहन्छु

के मैले चाहेको संसारमा

हृदयका साथ सहभागी हुने हो ?

 

 

 

 

यसमा तपाइको मत