नेपाल शान्ति स्काउट ले निशुल्क खाना खुवाई रहे


काठमाडौँ – नेपाल लक डाउनको तिन हप्ता वित्दा काठमाडौँका सडक बालबालिकाहरुको अवस्था नाजुक छ । लामो समय देखि खान नपाए पछि उनीहरु भोक्कै बस्न बाध्य बनेका छन् । त्यस्ता सडक बालबालिका र अस्पतालमा रहेका विरामी कुरुवाहरुलाई नेपाल शान्ति स्काउट ले निशुल्क खाना खुवाई रहेकाेछ । काठमाडौँको सडक र गल्लीहरुमा जीवन विताउदै आएका सडक बालबालिका र अनाथहरुका लागि अहिले निक्कै कष्टकर समय छ । पसल, होटलतथा रेष्टुरेण्डहरु पूर्ण रुपमा बन्द भएपछि यस्ता बाल बालिकाहरुको गाँस टुटेको छ ।

यस्ता बाल बालिका र असाहयहरु काठमाडौँमा बेग्रल्ती भेटिन्छन् जो खान नपाएर भौतारि रहेकाछन् । यस्ता असाहयहरुका लागि नेपाल शान्ति स्काउट ले निशुल्क भोजन गराउने अभियान जारी राखेकाे छ। दैनिक ६ सय देखि ८ सय जनासम्मलाई खानाको व्यवस्था मिलाइएको नेपाल स्काउट ले जनाए काे छ ।खानाखान पाएपछि सडक बालबालिका तथा असाहयहरुले खुसीव्यक्त गरेकाछन् । खानामा दालभात तरकारी र दिउँसो खाजामा पुरी तरकारी, पानी तथा मास्क समेत निशुल्क रुपमा वितरण गर्दै आएको छ ।

काठमाडौँ, भक्तपुर ललितपुरका विभिन्न स्थानहरुमा केन्द्र बनाएर खानापकाउने र प्याकिङ गर्दै ठाउँठाउँमा लगेर खुवाउने गरिएको नेपाल शान्ति स्काउटका तालिम आयुक्त सुधन मरासिनीले बताउनु भयो । यसका लागि शान्ति स्काउटका सदस्यहरु सक्रियभएर खटिइ रहेकाछन् । संकटको घडीमा मानविय सहाय तागर्नु र सेवागर्नु ठुलो धर्म हो ।

यसमा तपाइको मत