काठमाडौं – मुलुक लकडाउन भइरहेकै अवस्थामा कीर्तिपुरको बाघभैरव स्थान देय् पोखरी क्षेत्रमा रहेको बुद्ध महर्जनको कसमेटिक पसलमा चोरी भएको छ । बैशाख ७ गते आइतवार बेलुकी अर्थात बैशाख ८ गते सोमवार विहान पसलमा चारी भएको हो । कसमेटिक पसलमा ताला तोडी चोरी गरिएको हो ।
बुद्ध महर्जनको पसलवाट मोबाइल रिचार्ज कार्ड, सेन्ट, नगद, अन्डरवेर, जुत्ता लगायत समान गरि करिव १५ हजार भन्दा बढिको चोरी भएको हो । देय् पोखरीको दक्षिणतिर रहेका पाँचवटा पसल कवल मध्ये वीचको पसलमा चोरी भएको हो । त्यसै गरि सिताराम राजभण्डारीको किराना पसलमा पनि ताला तोडीएको थियो भने सो पसलमा भित्रवाट पनि लक गर्नें भएका कारण चोरी हुन नपाएको स्थानीयवासीले जनाएका छन्
स्रोत :श्रीकृष्ण महर्जनको सहयोगमा



