शारदा घिमिरे भैलका चार मुक्तकहरु

- शारदा घिमिरे भैल,बनेपा


माटोमा मिल्ने शरीरको हुँदैन कुनै भर
घृणा त्यागेर सबैलाई सदभाव प्रेम गर
सक्छाै भने दुखीका पीडामा मलम लगाउ
अाला घाउमा कसैको नून चाँही नछर ..!!

अाँसुले मरुभूमि कहिले रसाउँन सक्दैन
पीडामा काउकुतीले मन हँसाउन सक्दैन
विचार पिँजडामा बन्द गरेर राख्न मिल्दैन
सधैं माझीले जालमा माछो फसाउन सक्दैन !

दुखेको छ सबै सेरोफेरो जिन्दगी
कति परीक्षा लिन्छ मेरो जिन्दगी
अभिमन्यु चक्रव्यूहमा फसे जस्तै
कसरी तोड्छ अब घेरो जिन्दगी !!

अाज मान्छेसँग मान्छे यहाँ डराएको छ
अापसमा प्रेम सदभाव सबै हराएको छ
बाँच्न पाउँनु सबैलाई बराबरी अधिकार
दुखीलाई भोकले लम्पसार गराएको छ !

यसमा तपाइको मत