तीन मुक्तकहरु

- गुप्त बहादुर श्रेष्ठ


तीन मुक्तक

जुट्यो जुट्यो जुट्यो भन्यो तर पनि जुटेन
फुट्यो फुट्यो फुट्यो भने तर पनि फ़ुटेन
ताज्जुब मानेर हेर्दै थिए सबै, अब के हुन्छ ?
उठ्यो उठ्यो उठ्यो भन्यो तर पनि उठेन ।

 

कुरो मिल्दाखेरी गम्लङ्ङ अँगालो हाल्ने
कुरो नमिले पानीमा पनि आगो बाल्ने
जनता झुक्किएका हुन् कि दास बनेका ?
यस्ता स्वार्थीहरुलाई रानो मौरी झैं पाल्ने ।

 

घरको झगडा सकेसम्म घरमै मिलाउनु
पक्षपात नगरीकन बराबर भाग दिलाउनु
उचाल्ने पछार्ने हुन्छन् ,झुम्मिन्छन् वरीपरी
छुच्चो मुखलाई नखोल्नु, बरु सिलाउनु ।

यसमा तपाइको मत