लक डाउनका हाइकुहरु

- रत्नप्रसाद अनामनि श्रेष्ठ


हाइकुहरु

१ ) बाटो हगुवा
जाे चाेर ठुलो स्वर
मार्गदर्शक !

२ ) सिन्काे भाँचेन
बिबाद उत्कर्षमा
निधार हात !

३ ) कर्मकाे माया
कसलाई लाग्दैन
रिक्तिदै जाँदा !

४ ) हाेशियार है
उत्पीडन च्याम्बर
फुट्ला जस्तो छ !

५ ) लजाउ चाँडो
सिमानामा पर्खाल
नत्र गुम्ला है !

६) बढी मुल्य
लु सहजिकरण
माक्स ब्यापार !

७) अनुगमन
कानुन बमोजिम
कार्यान्वयन !

८) स्पष्ट विचार
लाेकतान्त्रिक राष्ट्र
छिमेकी पेल्ने !

९) प्रश्न उठेको
काेराेना परिक्षण
ल्याबमा शंका !

१०) नाका सहज
हामी बन्दकाे बन्दै
कहाँ नबढ्नु !

११) गहन दायित्व
कुहेकाे तरकारी
स्वच्छ बजार !

१२) भाँले जुधाई
अध्यादेश खारेज
बेला कुबेला !

१३) अाेली प्रचण्ड
फेरि मिले जस्तो छ
घुसकाे गन्ध !

१४) अगाडि बढ्नु
विवाद फुर्सदमा
हेर अवस्था !

१५) हिजोका पुर्खा
दानीहरुकाे भूमि
शान्त नेपाल !

१६) नयाँ तरिका
शिक्षाको गुणस्तर
सर्टिफिकेट !

१७) डुक्रन्छ साँढे
विरोध अालाेचना
चाेरै चाेर रे !

१८) नवीन ढंग
इ लर्निङ तरिका
गर प्रयोग !

१९) देश विकास
असल जनशक्ति
समृद्ध भूमि !

२०) उद्घाेष गर
अवसर सिर्जना
देऊ बजार !

२१)पुरानो शैली
शैक्षिक परम्परा
वेदका ऋचा !

२२) बन्दा बन्दीमा
सघन छलफल
भाग बण्डामा !

२३ ) मायाकाे छल
शृङ्गारकाे माेहनी
घर न घाट !

२४ ) छिमेकी जादू
स्वाभिमान नेताज्यू
काँप्छन् सकल

२५) सुन्दर राम
बैज्ञानिक रावण
सीता हरण !

२६ ) ती ई कमर्श
नाम चाहिँ ….माण्डु रे
बस्तु नक्कली !

२७) नौलो साहित्य
ती रनभुल्लमा छन्
कवि र काव्य !

२८ ) काव्यकारिता
ती एकले अर्काकाे
सार्ने मात्र हाे !

२९ ) बिबिध टाटु
प्रेमिकाहरुकाे रे
चिन्ह प्रेमकाे !

३० ) फिल्म चालु रे
सिनेमा हल बन्द
अाफ्नै घरमा !

३१) धर्म कटर
काेराेना परीक्षण
पापी जमाती !

३२) नर्सिङ हाेम
अमेरिकामा चिन्ता
मृत्यु बढी भाे !

३३) एक जुट भै
चुनौतीकाे सामना
संसारभरि !

३४) कहिले हुन्छ
संसार भरिबाट
काेराेना मुक्त !

३५) छिटो परिक्षा
संचालन गर्नु है
बिध्यार्थी स्वर !

३६) संकट बेला
ज्वराे नाप्ने माशेन
अाम्दानी स्रोत

३७) जाेखिम माेले
लक डाउन बेला
पैडल हिंडे !

३८) संसारमा नै
महामारी अवस्था
असति राेग !

३९) ब्याज मिनाहा
गरेर मात्र हुन्छ ?
बैंक कर्जा नी !

४०) त्यो वुहानमा
फेरि फैलिने चिन्ता
हाेस गर है !

४१) भाटभटेनी
विषम परिस्थिति
कमाउनु है !

४२) जाेगाउनु है
जंगली जनावर
काेराेनाबाट !

४३) गाउँमा मान्छे
प्रशिक्षण हुदैछ
भाेट के मा हाे ?

४४) बन्दा बन्दीमा
नकाट्न निर्देशन
इन्टरनेट !

४५) पास पाउने
कहाँ हाे सरकार
दिनु पर्याे नि !

४६) घर पठाऊ
मानव अधिकार
ध्यानाकर्षण !

४७) डाेनाल्ड ट्रम्प
खुलाउने तयारी
मृत्यु छ उच्च !

४८) के गर्दै छ त ?
काेराेना टास्क फाेर्स
दुखत घडी !

४९) छिटो गर्नुस् ल
नमुना संकलन
नतिजा पनि !

५०) याद गराैं है
सामाजिक दूरीमा
अाफ्नै सुरक्षा !

५१) सरकार ज्यू
मास परीक्षण है
चांडो गर्नु ल !

५२) काेराेना टेष्ट
छरिटाे कार्य शैली
अाशे जनता !

५३) याे ज्यानमारा
काेराेना अपडेट
लाख बढी भाे !

५४) हाम्रो प्रयास
विश्व मुक्त गर्ने है
महामारी याे !

५५) ब्याज मिनाहा
गरेर मात्र हुन्छ ?
बैंक कर्जा नि !

५६) लाज मरुवा
फाेटाे खिच्न कै लागि
राहत बाँडे !

५७) बहस गराैं
राहत बितरण
प्रभावकारी !

५८) धन्यबाद छ
ती स्वास्थ्यकर्मीहरु
जाेखिम माेल्ने

५९) बाँचियाे भने
काेराेना भाइरस
निर्मूल गछौं

६०) सबै मिलेर
प्रकाेपकाे संन्त्रास
चाँडै हटाअाै

६१) लक डाउन
सतर्कता जरुरी
शुरक्षा अाफ्नाे

६२) लक्षण जानौं
फैलने क्रम रोक्न
काेभिड १९

६३) डब्लू एच ओ
विश्व स्वास्थ्य हेर्ने रे
ठुलाको गोटी !

६४) ज्वराे थकान
श्वास फेर्न कठीन
एन काेराेना !

६४) बहुलायाे रे
जैबिक हतियार
डाेनाल्ड ट्रम्प !

६५) विशेष ध्यान
सजक र सतर्क
क्वारेन्टाइन !

६६) टाेल शहर
जाेगिने कसरी हाे
काेराेना राेग !

 

यसमा तपाइको मत