काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या दुई जना पुगेको छ । शनिबार धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएर सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाटै मृत्यु भएको पुष्टि भएको थियो भने आईतबार बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनको स्वाबको नमुना आज पुनः परीक्षण गरिएकोमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आज बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको थियो । यससँगै नेपालमा कोना संक्रमण हुने व्यक्ति २९१ जना पुगेका छन् भने मृत्यु संख्या दुई जना र निको हुने ३६ जना रहेका छन् ।



