चार मुक्तकहरु

- सुर्य प्रसाद लाकोजु ,पनौती


 

 

मिठा मिठा कुरा गरी विश्वास रोप्यौ तिमीले
सपनाका सुन्दर अक्षर मनमा खोप्यौ तिमीले
थाहा थिएन तिम्रो मन यति धेरै कालो रहेछ
मित्रताको स्वाङ रचेर छुरा घोप्यौ तिमीले ।

 

वचन जस्तै कर्म पनि मीठो भए जाती हुन्थ्यो
मनको वचन पूरा गर्दा तिम्रो चौडा छाती हुन्थ्यो
बोल्नु मात्र होइन साथी ठूलो कुरा आजकल
बोलेको पूरा गर्‍या भए जीवन फूलपाती हुन्थ्यो ।

 

आज पनि दुखै दुखको सास फेर्दै छु

कर्णाली पारीबाट आफ्नो देश हेर्दै छु
आफ्नै देश परदेश किन भयो आज?
यही प्रश्न सोधी आफैलाई केर्दै छु ।

 

स्वार्थको शिखर चढ्नेहरू मन कहाँ खोल्छन
मनमा राखेर एउटा मुखले अर्कै ओकल्छन
आफ्नैलागि मात्र बाँच्न जानेका लोभिहरू
एक रूपियाँ पाउन नि हजार झूठ बोल्छन ।

यसमा तपाइको मत