राष्ट्रिय गीत
शैलेन्दुप्रकाश नेपाल, वसुन्धरासिक्किमदेखि काङ्गडाकाे माटाेलाई साेध
वीरहरूले हिँडेकाे त्याे बाटाेलाई साेध।हाम्रा काेही दुस्मन छैनन्, सबै प्रिय साथी
हक खाेसे, हेप्न खाेजे टेक्छौँ छातीमाथि।
सगरमाथा शिर हाम्राे कञ्चनजङ्घा मुटु
अमृत जस्तै पानी पिई थर्काउँछौँ मुटु।रगत हाम्रो उम्लेकाे छ अामालाई हेरी
विगतकाे वीरगाथा दाेहाेरिने भाे फेरि।
अाफ्नी अामा स्वस्थ राख्नु कर्तव्य हाे हाम्राे
माटाेलाई जीवन ठान्नु सम्स्कार हाे हाम्राे।उठ भाइ, उठ बहिनी पूर्वपश्चिम जुट
झिल्काे हाेइन, ज्वाला बनी वैरीलाई भुट।
सिरुपाते खुकुरी त्याे चम्काउँदै बढ
वीरका सन्तान पाइला दराे लम्काउँदै बढ।
।।।।।।।
राष्ट्रिय गीत
- शैलेन्दुप्रकाश नेपाल, वसुन्धरा




