सहभागीता नम्बर २ अनुराधा शर्मा


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अभियान पाँचौ श्रृङखला । विषय परिस्थितिमा पनि हामी निरन्तर सिर्जनात्मक बनेका छाै । समसामयिक र प्रेमील दुई गजल । सहभागीता नम्बर २ अनुराधा शर्मा ।

 

 

 

 

 

गजल १
काेराेनाकाे कहर,,,,,, संसारमा
छ मृत्युको गाउँ शहर संसारमा

लड्दै लड्दै राेग संग हिम्मतले
सबकाे जिउने रहर संसारमा

जिन्दगीकाे लडाइ,,,, मृत्युु संग
हार जितकाे ,,,,,,,,लहर संसारमा

शाेकले ब्याकुल छन् मान्छेहरु
बग्छ अाँसुकाे,,,,,,नहर संसारमा

मानसपटलमा ,,,,,,,,,,,,,,,हरेककाे
छ सन्त्रासकाे जहर,,,,संसारमा।

गजल २
बहर मुतकारिब मुसम्मन सालिम
सुगन्धी जुही भै,,,बसाएँ तिमी सङ्
झुकाएर अाँखा,लजाएँ तिमी सङ्

तिमी नै त माया,,,,,,,बसेकाे रमाई
सजाए छु लाली,,भराएँ तिमी सङ्

मिठाे प्यार तिम्रो ,,,,,,,सजाएर प्रीति
लुकाएर तृष्णा ,,,जगाएँ तिमी सङ्

छ मुस्कान तिम्रो ,,,,,मिठासै भरेकाे
फुकाएर हाँसाे,,,,रमाएँ तिमी सङ्

न छुट्ने भनेरै ,,,,,,,,,,,समाएर हातै
गराएर बाचा ,,,,,,, बधाएँ तिमी सङ्

अनुराधा शर्मा
काठमाडौं

यसमा तपाइको मत