सहभागीता नम्बर ७ ताेयानाथ सुवेदी ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अभियान पाँचौ श्रृङखला । विषय परिस्थितिमा पनि हामी निरन्तर सिर्जनात्मक बनेका छाै । समसामयिक र प्रेमील दुई गजल । सहभागीता नम्बर ७ ताेयानाथ सुवेदी ।

गजल १
संसारमा काेरानाकाे कहरले दुःख दियाे।
मन्मा पिडा गुम्सिएका जहरले दुःख दियाे।

मानिसका इच्छ्याहरू दवेका छन् कति कति।
घुम्ने फिर्ने चाहनाकाे रहरले दुःख दियाे।

धेरै थाेक किनमेल गर्नु थियाे बजारमा।
नजिकमा नपाउँदा शहरले दुःख दियाे।

लेखाैं लेखाैं लाग्छ कैले गजल र गीत तर ।
कतै छन्द कतै लय बहरले दुःख दियाे।

धन धेरै कमाउँदै घरबार जाेड्छु भन्दै।
विदेशकाे यात्रा गर्ने लहरले दुःख दियाे।

गजल २

पैला पैला भेट हुँदा माया बसे जस्ताे लाग्थ्याे।
मुटु भित्र ढुकुढुकी बढ्दै डसे जस्ताे लाग्थ्याे।

अापसमा मिल्ने माैका मिलाएर भेट्दा खेरि।
हृदयकाे सागरमा प्रेम पसे जस्ताे लाग्थ्याे।

कैले भेटाैं कैले भेटाैं हुँदै जाने गर्थ्याे मन ।
कलेजाेकाे पहाडमा झर्ना खसे जस्ताे लाग्थ्याे।

प्रियसीकाे हाउभाउ अति राम्राे हुँदा खेरि।
उन्काे मीठाे बाेलीद्वारा चिप्लाे घसे जस्ताे लाग्थ्याे।

मिलनकाे बिन्दु सँगै विवादकाे रूप लिँदा।
रुमलिँदै भुँमरीमा कतै फसे जस्ताे लाग्थ्याे।

ताेयानाथ सुवेदी
अाेखलढुङ्गा

यसमा तपाइको मत