पुनर्र जन्म *लघु कथा*


“म पनि जान्छु तिमीसँग ।म अब फर्किन्न ।”अामाले जिद्दी गरिरहिन्। ” तपाईं अहिले जान मिल्दैन, मिल्दै मिल्दैन अामा! त्यहाँ बस्ने ठाउँ छैन। म त अरूसँग मिलेर बल्ल अटेकाे छु। तपाईं फर्किनुस् । चिनीयाँले बाेलाइ रहेकि हाेली । जानुस् न भन्या, जानुस् अामा ।” त्यति भनेर उनी फर्केर नहेरी पर पुगी। उसका साथीहरू अलिपर पर्खिरहेका थिए। तिनीहरूले सुरिलाे स्वरममा गाएकाे गीत परसम्म पुगेर ठाेकिन्थ्याे।भर्खरै किशाेर अवस्थामा टेकेका युवतीहरू। चाैबन्धी चाेलाे र फरिया लगाएका कम्मरमा सेताे बटुकी बाँधेका।कपालकाे चुल्ठाेमा राताे गुराँस सिउरिएका। स्वर्गका परि जस्ता ती युवतीहरू। उ पनि त्यहि हुलमा गएर मिसिई। सबैजना बिस्तारै उकालाे बाटाे लागे। तिनीहरू हिड्ने बाटाेभरि रंगिचंगी फूलहरू फुलेका थिए। धमिलाे धमिलाे हुँदै तिनीहरू बिस्तारै अाेझेल पर्दै थिए। एकचाेटी पनि फर्केर नहेरि हिडेकी मसला धेरै पर पुगेपछि उसले हात हल्लाउँदै भनी , “अा…..म्मा ! तपाईं फर्किनुस् । म पछि अा..उँ…ला ।” अामा सपनाबाट झल्याँस भएर ब्युझिन्। ब्युझिदाँ बिहानी भइसकेकाे थियाे। सात बर्ष अगाडि अठार बर्ष पुगेर स्वर्गीय भएकि छाेरी सपनामा देख्दा अाँखाबाट बलिन्द्रधारा अाँसु बगेका थिए।त्यतिकैमा खुशीकाे खबर बाेकेर अाए उनकाे श्रीमान काेठामा। ” छाेरी चिनीयाँकाे छाेरा जन्मियाे रे।हामी हजुर बा हजुर अामा भयाै ।” उनले अाँसु पुछ्दै भनिन् , ” हाम्राे मसला छाेरीकाे पुनर्र जन्म भयाे।” तारा के. सी काभ्रे हाल गाेङ्गबु काठमाडौं ।

यसमा तपाइको मत