
#गजल १
आज यो मुटुले हृदय बिधारक गित गाउन थाल्यो ।
तिम्रो मात्र होइन, मेरो मन पनि डराउन थाल्यो ।
मैले उहिलै भनेको हुँ, प्रेमको बिरोधी छ समाज,
भर्खरै के प्रेम गरेका थियौं संकट आउन थाल्यो ।
फेरि हाम्रो भेट होला नहोला म यसै भन्न सक्दिन,
यो खराब परिस्थितीले बिगुल बजाउन थाल्यो ।
अति गर्नु अत्याचार नगर्नु थाहा भएर पनि आज,
बदलामा प्रकृतिले आफ्नो स्वरुप देखाउन थाल्यो ।
बिरलै महामानव जन्मिन्छन झुक्किएर संसारमा,
फुल्न फक्रन सकेन मान्छे , झुठले दबाउन थाल्यो ।
परमात्मा प्रेमकै रुप हो, हामी प्रेममा मात्र खुल्नेेे छौँँ,
कामको अर्थ नबुझी मान्छे बासनामै रमाउन थाल्यो ।
मुस्किलले सम्झाएको थिए जन्मे पछि सबै मर्नै पर्छ,
दुश्मनले फेरि डरलाग्दो समाचार पठाउन थाल्यो ।
#गजल २
लेख्ने हरुले मात्र जितको ईतिहास लेखेर बसे ।
मनमा चलिरहेको आँधीहुरि पनि चेपेर बसे ।
पश्चिम किक्ला काँकडा, पुर्वमा टिस्टा पुगेर पनि,
यादमा पुरानो नक्सालाइ दिनरात सम्झेर बसे ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी भन्छन,
यो हाम्रो देश लुटिएको हो वा कसैले बेचेर बसे ।
हिन्सा बलात्कार सिमा अतिक्रमण बढिरहेको छ,
किन मेरा सरकार हरु चुपचाप हेरेर बसे ।
छिमेकीहरु म माथी यस्तो कुठाराघात गरिरहेछन,
जस्का निम्ति यिनै छातिले दुश्मनका गोलि छेकेर बसे ।
हेर्दा हेर्दै लिपुलेख बनबासा कालापानी खोसियो,
आँखै अगाडि वीर गोर्खालीले यो सबै कसरी सहेर बसे ।
कहिँ त पक्कै गल्ती गरिरहेछ प्राणिले जगतमा ,
भोली मृत्यु आउँनेछ भन्ने कुरा पनि भुलेर बसे ।
? रेशम राज बोकटी(रश्म)
कंचनपुर,नेपाल
हाल मलेशिया



