
लघुकथा : कस्को दोष ?
दामोदर ढकाल `दिपक´|
उ धेरै दिनबाट एउटै काममा लागेकाे थियाे । सुरुमा उक्त कार्यमा उ रातदिन लाग्यो । रातदिनकाे मिहिनेतले उसले कामलाई जित्याे । कामकाे समयसिमा भन्दा एक हप्ता पहिल्यै काम बुझाउने क्षमतावान अाफूलाई सम्झियाे । जब अन्तिम मिति अाउनैलाग्दा उसमा अल्छिपनाले गाँज्याे तर अात्मविश्वास अधिक हुनाले यत्राे त गरिसके अब के पिर? ढुक्कसँग अाफ्नाे अल्छिपनालाई समर्थन गर्याे ।
उसकाे काम बुझाउने दिन अायाे । अघिल्लो दिन विहान चार बजेदेखि नै काममा जाेतियाे । दिनभर , रातभर काम गर्याे । कामकाे तापले न भाेक लाग्यो न थकान र निद्रा ।
काम सक्न अलिकति बाँकी थियाे । करीब दुई घण्टामा सकिने काम बाँकी थियो । काम बुझाउन चार घन्टा बाँकी थियाे । काम सकेर मात्र विश्राम लिने उद्देश्यले उ जाेतिइरहेकाे थियाे काममा । अब ४५ मिनेटमा त सक्छु भनेर खुसी थियाे । तर अकस्मात बत्ती गइदियाे । कम्प्युटरकाे काम बत्ती बिना अधुराे नै हुने भयाे ।
बत्ती अाएन, प्राथिकरणमा फाेन गर्याे । प्राविधिक कारण हाे अाउँछ, अाउँछ भन्ने जवाफ पायाे ।
ठिक समयमा काम दिने मान्छेहरू काम लिन र हेर्न अाए बत्ती थिएन् । बिजुली बिना कम्प्युटर खुल्ने कुरै थिएन् । काम दिने मान्छे रिसाएर गए । उ कालाे निलाे भयाे । शरीर दुख्न थाल्याे ।ज्वरो आए झैं भयो । आफुलाई दशा लागेको ठान्यो ।
६ घन्टापछि बत्ती अायाे । काम लगेपनि नलगेपनि ४५ मिनेट खट्छु भनेर उ काममा तल्लीन भयाे । काम सकिनासाथ काम दिने मान्छेलाई फाेन गर्याे । काम दिने मान्छेहरू अाए । काम जिम्मा दियाे र पैसा लियाे । उनीहरू गएपछि उसले साेच्याे अाज तनाव हुनुकाे कारण बत्ती जानू र शनिकाे दशा लाग्नु हाेइन । मैले अल्छिपनालाई जित्न नसक्नु हाे । अाज पाे बति गयाे हिजाे त थियोे नि हिजै काम बुझाएकाे भए । बत्तीले दाेषै पाउने थिएन ।



