अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै
श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर १ । दामाेदर ढकाल “दीपक ” ।
मिलेर बसाैं
जन्मेका हामी असल कर्म गर्नुछ भनेर
हत्या र हिंसा नगरी बसाै बुद्ध झैं बनेर
शान्तिकाे सास सबैकाे अास पूरा नै गर्नु छ
नगरी रिस अरूकाे साथी मिलेर बस्नुछ ।१।
काेराेना अायाे बसेछाै घर सिर्जना गरेर
बाँचेमा देख्छाै संसार भनी अाशा नै भरेर
लाँदैनाै केही मरेर जाँदा माटाेमै मिल्ने हाे
नगरी डाह अरूकाे हामी मिलेर बस्ने हाे ।२।
पूर्वमा हेर उदायाे घाम पश्चिम अस्तायाे
जागेको बन्द व्यापार अाज कसरी सुस्तायाे
गरिव धनी ठूलाे र सानाे प्रकृति जान्दैन
मिलेर बस मानव भन्छ अन्यथा मान्दैन ।३।
फुटेर बसे मानव जति प्रकृति रिसायाे
मानव जति समान हुन यसले सिकायाे
धर्मको पथमा अडिग रहुँ जाेगाउ प्रकृति
मिलेर हामी बसेमा मात्र अाउन्न विपत्ति ।४।
दामोदर ढकाल “दिपक”
अरूण गा.पा.५, भाेजपुर ।

श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर १ । दामाेदर ढकाल “दीपक ” ।

