
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर ५। द्वारिका कुइकेल ।
असार को महिना !
धान रोपेको छैन !
बाँझै छ गैर्ही खेत !
हो ,कूखूरे बैँशै मा !!!
कोरोना क़हर !
मरी सक्यो रहर ! !
ख़ाली छ घ्याम्पे पेट
हो कूखूरे बैशै मा !!
यो बैंश ताकी !!
नलगाउ आँखा !!
परौला फन्दा मा !!
हो कूखूरे बैंशैमा !!
भोका र नागा !!
देखाएर ऐना !!
कमाउने धन्दा मा !!
हो कूखूरे बैंशै मा !!
बाठो छौ छट्टू !!
पारि देलान् टट्टू !!
होश गर हे कान्छा !
हो कूखूरे बैंशैमा !!
चंचले काली !!
ठूल् दाज्यू की साली !
देखेर भो लट्टू !!
हो
कूखूरे बैंशै मा !
घाम र छायाँ !!
यो बैंश को मायाँ !!झन् लायो झन् मिठो !!
हो कूखूरे बैंशै मा !!
माग्न आउ हात !!
जाउँला तिम्रै साथ !!
मूग्लान् काटेर !!
हो कूखूरे बैशै मा !!
डिल मा बसी नझिम्क्याउ आँखा !!
दूइ चूल्ठी बाटेर !!
हो कूखूरे बैंशै मा !!
द्वारिका कुइकेल
गाेंगबु काठमाडौं ।



