
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्बर ७ । अनुराधा शर्मा ।
कविता
?असारे राेपाईं?
झ्याउरे छन्द
असार लाग्याे ,बर्षाकाे झरी,पर्याे है दर्केर
किसान भए ,खुशीले हेर ,बस्दैनन् पर्खेर
कहाँ छ हलाे,कहाँ छ जूवा,कहाँ छ काेदालाे
बनाई सम्म ,राेप्नु छ बाली,जाेतेर त्याे पाखाे
सम्म्याइ खेत,बनाइ अाली,छाेडेर कुलेसाे
ह ह ह गर्दै, दुईटा गाेरु ,ठुले ले जाेतेकाे
बीउकाे ब्याड,सम्हाली बसे,माइली साँइली
बिर्खेकाे छाेराे,रमाइ अायाे,बीउ त्याे अाेसारी
बाैसेले छाेडे, झ्याउरे भाका,अनाैठाे स्वरले
राेपाहार् पनि, गाउन थाले सुरिलाे स्वरले
छुपुमा छुपु ,राेपेर धान ,हिलाेमा खेलेकाे
असारे भाका ,हालेर गीत ,सबैले गाएकाे
डाेकाेमा भारी,बाेकेर खाजा,सान्नानी झरेकी
खानेभाे बेला ,भनेर पर ,इशारा गरेकि
अाँपकाे छाेप ,राखेर अाज ,अालुकाे अचार
चिउरा दहि ,मीठो छ साथी ,केपाे छ बिचार
किसान हामी किसानी गर्छाैं,पाैरख अाफ्नै हाे
राेपेर मुठ्ठी ,फलाइ मुरी,फसल अाफ्नै हाे
नजानु पर ,बिदेश अब ,नेपाली छाेरा हाे
माटाेमा यहीँ ,फल्दछ सुन ,देश याे अाफ्नै हाे
अनुराधा शर्मा
काठमाडौं



