झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर ८ । सुशीला पाैडेल ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर ८ । सुशीला पाैडेल ।
झ्याउरे कविता

सपना देखें ,संगीनी प्यारी ,झ्याउरे कविता
हुन्छनि राम्रो ,जसरी हुन्छ ,लेख्नुमा कविता
जिन्दगी खुसी ,राख्नका लागि ,लेख्नेछु कविता
मनका कुरा, पोख्न का लागि ,लेख्ने छु कविता

कसरी लेख्ने, तरिका थाहा ,नभए कविता
आएन केही ,मलाई यहाँ ,कविता सविता
सम्हाली राखे ,सजाइ राखे ,हुन्छ नि रमिता
आएन क्यारे, मलाई लेख्न ,झ्याउरे कविता।

सबैले साथ ,मलाई दिनु ,लेख्नुछ सिकेर
नजाने पनि ,नगर्नु गाली ,जान्नु छ लेखेर
नियमहरु ,सिकाइ दिनु ,गर्दछु प्राथर्ना
राख्ने छु सधैं, ज्ञानकाे पाठ ,सम्झेर मनमा

सिक्नु छ भनि,आएका थियौं साहित्य मेलामा
झम्मक साँझ ,परेको थियो ,त्यही नै बेलामा
आउनु थियो ,घरमा फेरि ,साँझको काममा
जानु नै थियो, सबैको माझ ,रातको माममा

साहित्य हाम्रो ,भुल्ने नै ठाउँ,भएको हुनाले
रमाउ हामी ,भनेर जान्छौं ,दिलमा छुनाले
गाउँछौ गीत साहित्य हामी मिलेर रमाई
लाउँछौ माया , हामीले अब ,हातमा समाई।

सुशीला पाैडेल
अर्घाखाँची

यसमा तपाइको मत