झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर ९ । शिखरनाथ कवि ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर ९ । शिखरनाथ कवि ।

लोकलय असारेभाका प्यारीको सन्देश ।। प्रकृतिविज्ञान संवाद।।

बुझायौ कर देशको निम्ति विदेशी पशिना।

पाकेको फल झारेछ बाली झरेर असिना ।

शासक सत्ता तलव भत्ता विलासी भवन।।
पजेरो पाडाे सुविधा गार्ड सुरक्षा वाहन।

उद्दिम छैन गरिबी देश्मा धनको मुहान।
मझौला कर सकेन भर्न भिआपी चाहना।
निर्धन कर्ता कर्मले निष्टा गरेर भाषण।
सुविधा भोगी शासक सत्ता चलाए शासन।

शासक कर्ता धनको दम्भ बनेर उदाए।
भोकर रोग्ले झोपडि भित्र गरिब निधाए।

कोभिड १९.जीवाणु रोग थपियो कोरोना।
घरमै जेल पर्याछन् ऐले दैवको शरण ।

राजस्व जम्मा ढुकुटी भर्ने बन्दछ भन्सार ।

आन्तरिककर खुलेनढाेका मझौला व्यापार
विपत्ति काेष बनेन हाम्रो दुखमा साहार।

तमासा हेर्छन भोकर शोक्ले रोएको मुहार।

भविष्य बोक्ने युवती युवा विदेश गकाछौ ।

मृत्युकोमुख्मा विरानोदेश्माछट्पटी रकाछौ
भएन दिने सादर साथ गरेर पुकार ।।
जितेर रोग सम्झेर घर फर्कन पियार ।

शिखरनाथ कवि
नुवाकोट

यसमा तपाइको मत