झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर ११ । तिला लेकाली


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर ११ । तिला लेकाली ।

मेरो देश

शिरमा सेता हिमाल टोपी ढलक्क ढल्केको
विभिन्न जाती भाषा र धर्म सस्कृती यसको
विभिन्नतामा एकता छ र अझ छ सुन्दर
बिश्वमै यस्तो सुन्दर देश अरु खै कुन छ र ?

हजारौं खोला ताल तलैया झर्ना र छहरा
पहाड छाती हाड र नसा लहरा पहरा
लेकमा चौँरी डाँफे र मुनाल फुल्दछ गुराँस
बिदेश नजाऊ सुन्दर देश बन्नेछ उराठ

बिजुली पुग्ने बिश्वलाई बेच्ने छ श्रोत पानीको
अमिल्य निधि सानो छ तर आँखाको नानी यो
जङ्गल चरा जडि र बुटी असाध्यै धेरै झन्
बिश्व नै किन्न सक्ने छ श्रोत सस्कृती मेरै छ्न्

देशको नीति बनेको राम्रो पालना भएन
पुरानो नीति चाल र चलन पटक्कै गएन
ठुलालाई चैन सानालाइ ऐन जस्ताको छ
गरीब-धनी बिचको खाडल अझै उस्तै छ

सम्झेर ल्यायो देशको हाल नौ नारी गल्दछ
खाडिमा बेल्चा हानेको हेर्दा यो छाती जल्दछ
शितका थोपा झारेर आज जूनले भन्दछ
पसिना यही बगायौ भने जुहारत फल्दछ

कदको सानो म सानो मान्छे अरु म जान्दिन
जातीय भेद गर्ने चलन म मान्दै मान्दिन
जन्मिने एकै प्रक्रिया हुन्छ कसरी फरक
उच र नीच यस्तै प्रथाले भो देश नरक

कर्मले हुन्छ मानिस ठुलो जन्मले हुदैन
हुदैन ठुलो दुखेको दिल जसले छुँदैन
भएर धनी छु अजम्बरी नसोच्नु कसैले
लाएका लुगै फुकालीकन जानु छ सबैले ।

तिला लेकाली
माेरङ

यसमा तपाइको मत