

अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १३ । तेजप्रकाश बानियाँ ।
असारे झ्याउरे।
छैहत्तर गयो, सत्हत्तर अायाे बीचमा पारेर।
यो विश्वलाई चकित पार्यो कोरोना सारेर।
जैविक युद्ध, रशायन् युद्ध, लडिन्छ भनेको।
सुनेकाे मात्र, थिएँ नि मैले, थिएन देखेको।
युद्धको राजा रहेछ यो त कोरोना भनेको।
अहिले सम्म कसैले पनि थिएन गनेको ।
खर्चालुरैछ,विस्वले चिन्दा लाखौको ज्यानगो।
नेपालभित्र, भर्खर पस्यो,कतिलाइ छुनेहो।
औषधि मूलो, नभाको रोग, कतिलाइ छोला त?
रास्ट्रका देव, हे पशुपति, नजपे होला त ?
हे भोलेनाथ, तिम्रै छ साथ, भनेर जप्याछाै।
अहिले सम्म, तीन् मैना भयो लक्डाउन खप्याछौ।
जहिले पनि, देशको वाधा, उनैले हरेका।
अरु त खान भनेर मात्र शासन गरेका ।
तेजप्रकाश बानियाँ
काभ्रे



