झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १६ । अंचल वान्तवा अंचल ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर १६ । अंचल वान्तवा अंचल ।

कविता
शीर्षक :- च्यात्तिएको प्रेम

भुलेर गयौ निष्ठुरी कहाँ /तोडेर ती बाचा
असार हुन्छ रुझेर सधै /आँखाका परेला
थ्यो संगै मर्ने थ्यो सङै बाँच्ने /मनका चाहना
परे म एक्लै मजाले रुँदा /यो आधी रातमा

जान त गयौ छोडेर चिनो / रुमाल हातैमा
छोडेर गयौ आँसुको ताल /डुबायौ घातैमा
के गरि बाँच्नु नहुँदा तिमी म रुँदै बस्दैछु
बनेर जोगि बहुला बनी खरानी घस्दैछु

दिएर चोट छातीमा तिम्ले /चलायौ छुरा नै
न बाँच्न सक्छु न मर्न सक्छु /बनायौ धुरा नै
नगर्या भए हुनेथ्यो बरु /मायाको चटक
न मैले यहाँ रुनु नै पर्थ्यो /पटक पटक

बनायौ आज पागल पुरै /न होश बाँकी छ
सम्झना मात्र बनेको मेरो /यहि नै साथी छ
अथाह माया गर्नु नै मेरो /भएछ गल्ती नै
फाटेर गयो प्रेमको बस्त्र /च्यात्तियो खल्ती नै ।
अंचल वान्तवा अंचल
काठमाडौं ।

यसमा तपाइको मत