झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २१ । बिमुन्स पाैडेल


 

अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २१ । बिमुन्स पाैडेल ।
छन्द :झ्याउरे
शीर्षक :‘’जिन्दगी र संघर्ष’’
कोरोना आयो पीर बढायो निसाना लगायो
छेउमा मेरी बसेकी प्यारी उसैले बगायो
म रोइ रहे सम्झिएँ सारै प्रेमिल जिन्दगी
ससाना बाला नजिक छैनन् परेछु बन्दकी
उदाउँछकी भोलिको दिन सुनौलो बिहानी
भनेर मैले बिताएँ रात लाग्दोछ कहाली
छेउमै थिए छेकेको थियो शिशा को झ्यालले
कलिला मेरा छोरा र छोरी छोडेन कालले
धेरै नै ठुलो शंघर्ष पछि पाएको जिन्दगी
कोरोना आई निमेष मा नै ढलायो जिन्दगी
ओठमा हाँसो भरिन लाइ आँशुका तालमा
पिएको मैले बनेको होइन जीवन ख्यालमा
यति नै होला जिन्दगी भन्ने को भन्न सक्छ खै
जोडेको थिएँ दु:खले खुसी रहेछ यति नै
पहरा फोरी पसिना पोखी कमाएँ सम्पति
सुम्पिए पनि सम्पति सारा बचेन जिन्दगी
हराएँ आज बिलाएँ नाम जीवन सिद्धियो
राष्ट्रको निम्ति गरेको भए केहि त बनिन्थ्यो
सकिन मैले जिन्दगी सँग उज्यालो कल्पिन
गुमाएँ सबै खुशी र माया बाँकी छु रित्तिन
बिमुन्स पौडेल
पोखरा १३ कास्की

यसमा तपाइको मत