झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २३ । लक्ष्मीप्रसाद मिश्र ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २३ । लक्ष्मीप्रसाद मिश्र ।

कानुन

कानुन लेखी अाएकाे पनि छ दशक भएकाे
अहिले सम्म दलितलाई किन हाे हेपेकाे
ती स्वर्गीय नवराज वि.क. लाई मारेकाे
सामान्ती जात ठूला हुँ भन्दै कानुन लिएकाे ।

जवानी भने जस्काे नि चल्ने बिवाह नहुने
विमार पर्दा रगत चल्ने ज्वाइँ बन्न नहुने
युवाकाे हत्या कतिले गरे अप्राधि समाउ
सिउँदाे भर्न गएका युवा मारेर नफर्काउ

सुष्माले धर्म छाेडेर यहाँ घटना घटाई
साथमा ल्याकाे सिन्दुर पनि नदिमा बगाई
वि. क काे गर्भ बसेकाे छ रे जतन गर्दिनु
विचरा अामा राेएकी धेरै सन्तान राख्दिनु ।

छुवा र छुत जातीय विभेद जनले हटाउ
गहिरो प्रेम छुटाई मार्ने हत्यारा थुनाउ
छ जना युवा मारेर फाले रूकुम राेकाे छ
सडक देखि संसद सम्म विराेध भकाे छ ।

राज्यले अब दलित भनी सम्बाेधन नगर्नु
पिछडा वर्ग गरिब अनि विकट ध्यान्दिनु
सबैले अब थरकाे ठाउँ नेपाली लेखाउ
फरक गाेत्र भएकाे सँग बिवाह गराउ ।

कानुन नयाँ बनाई यहाँ एउटै जात भात
नागरिकतामा राखेर गाेत्र हटाउ दलित जात
एउटै गाेत्र भएका सँग बिवाह नगर्नु
एउटै कुरा बुझेर मात्र माया प्रेम गर्दिनु ।

लक्ष्मीप्रसाद मिश्र
लमजुङ

यसमा तपाइको मत