
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक साताै श्रृङ्खला । विषम परिस्थितिमा पनि हामी सिर्जनामा छाैं । यसपटकको श्रृङ्खला झ्याउरे कविताकाे सिर्जनात्मक अभ्यास । सहभागीता नम्वर २४ । विष्णु कुमारी परियार ।
भेदभाव
बाँच्न त देउ पशु झैँ ज्यान लिन्छौ हाै कतिकाे
राक्षसी मन भएर अाज याे यस्तो गति भाे
दलित भई जन्मनु हाम्राे के दाेष थियाे नि
जन्म पाे सानू जातमा भयाे भाग्यले दियाे नि ।
अनेक सीप चल्दछ हाम्राे नचल्ने रे पानी
हेपेर तल्लाे जातकाे भन्ने दलित रे कामी
मर्ने हाे कति जातकाे लागि रेटीई अाँसीमा
अन्याय गर्ने निर्दयीलाई सजाय फाँसीमा ।
तन नि चल्ने सीप नि चल्ने जात रे नचल्ने
दलित भई चुलाेमा छुँदा अागाे रे नबल्ने
रगत हेर्दा राताे छ सबै फरक केही छैन
मानिस भई उसकाे व्यथा समाजले बुझ्दैन ।
कहिले सम्म मारिन्छाै हामी अछुत भनेर
के गर्छौ नेता भाषण मात्रै महान बनेर ।
विष्णु कुमारी परियार
पाेखरा



