उपत्यकामा ५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं , काठमाडौंमा ४ जना र ललितपुरमा १ गरि सोमबार उपत्यकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना महिला तथा धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पनि एकजना काठमाडौंका पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरे।

यस्तै पाटनमा गरिएको परीक्षणमा ललितपुरकी १ महिलामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। हाल सम्म १ हजार ४१ जना डिस्चार्ज भैसकेका छन।

यसमा तपाइको मत