सुगौली सन्धी अघिको युद्ध इतिहास सम्झाउने प्रतिमाको निर्माण कथा

- कुमार रञ्जित


काठमाडौँ ÷ नेपालले आफ्नो भूमि रक्षाकालागि गरेकोयुद्ध र सम्झौताको इतिहासमा सधैँ चर्चित र “आलो घाउ”जस्तै बनिरहेको नेपाल–अङ्ग्रेज युद्ध र त्यसपछि भएको सुगौली सन्धीअघि नेपालकातर्फबाट लडेर वीरगतीप्राप्त गरेका योद्धाहरुको प्रतिमाबनाएर राजु तुलाधरले वीरआत्माहरुमाप्राण भरेका छन् ।
इस्वीको सन् १८१४ देखि १८१६ सम्मदुई वर्ष तात्कालिननेपालअधिराज्य र ब्रिटिश इस्ट इण्डिया कम्पनीबीचभएको युद्ध र त्यसपछि भारतीयभूमिसुगौलीमा सन्धीभएर नेपालले आफ्नो एक–तिहाईभूभाग बेलायतलाई सुम्पनु परेकोलाई “एङ्ग्लो–नेपाल युद्ध” भन्ने गरिएको छ । त्यसअघि नेपालमाथि ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारले मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउँ, नाहन, जैथक, मलाउँ, देउथल र नालापानी जस्ता स्थानमा आक्रमण गरेको थियो ।
उक्त युद्धमा वीरगतीप्राप्त गरेकावीर नेपालीसैनिकहरुको अर्धकदप्रतिमाबनाइएको छ भने त्यसलाईयुद्धभूमि जीतगढमा स्थापना गरेर देशको सैन्य इतिहासकै गौरव बढाउने निर्णय गरिए अनुरुप नेपाली सेनाको मुख्यालयले १३ जनावीरहरुको नामावलीपठाइएकोमा ६ जनाको प्रतिमापूर्ण रुपमातयार भइसकेको छ । जसलाई प्रतिस्थापनगर्न जीतपुर पठाउने अन्तिमतयारी गरिएको छ ।
काठमाडौँको बाफलनिवासीतीनपुस्ते मूर्तिकार परिवारका कान्छा सदस्ययुवामूर्तिकार राजु तुलाधरले बनाएकातीवीरगतीप्राप्त योद्धाका प्रतिमाहरुमा जूठे बस्नेत, कुम्भेदान कृपाशूर थापा, हवल्दार रनसूर बानिया, जम्दार सुरवीर बोहरा, सिपाही हंसवीर अधिकारी, थरधर नहकुलबानिया, समशेर रानामगर, लेफ्टिनेन्ट अम्बर अधिकारी, काजीवीरमञ्ज पांडे, दलखम्भथापा, सरदार सुर्जे थापा, कुम्भेदान वृषसुर थापा र जम्दार भीमसेन देउजाका छन् । यसअघि उनले बनाएको काजीउजीर सिंह थापाको प्रतिमाएकवर्ष अघि नै जीतपुरको गौरवका रुपमा सजाइसकेको छ ।
चर्चित “एङ्ग्लो–नेपाल युद्ध” मावीरगतीप्राप्त गरेकायी सबैवीरगतीप्राप्त योद्धाका नामइतिहासकाविद्यार्थीले पनि सहजै पढ्न पाएकाथिएनन् । प्राप्तविभिन्न स्रोत सामाग्रीहरुमाउपल्लो दर्जाका केहीवीरहरुकानाममात्रै उल्लेख थियो । अबती सबै वीरहरुकानाम साथै प्रतिमाहरुसमेत सबैकालागि सुलभ हुने भएको छ । यसर्थ यो नेपाली सैनिकइतिहासकै महत्वपूर्ण पक्षबन्ने निश्चित छ ।
बुटवल उपमहानगरपालिकाकाप्रमुखशिवराज सुवेदी र इञ्जिनीयर सुमन श्रेष्ठबाट मूर्ति बनाउन प्रस्ताव आएपछि ढलोटबाट बनाइएकावीरगतीप्राप्त सैनिकहरुकाअर्धकदको ५० केजीभन्दा बढीका प्रतिमाहरुमूर्तिकार राजुले बढीमा दुई महिना र घटीमा १८ दिनमातयार गरेकाथिए । त्यसकालागिउनले नेपाली सेनाबाट पठाइएको वीर योद्धाहरुका स्केचका साथै युद्ध इतिहासको समेत अध्ययन गरेकाथिए । त्यसक्रममाउनले तात्कालिन सेनाकादर्जा अनुरुपमा भेषभूषा र दज्र्यानीचिन्हहरुको स्पष्ट पहिचान गरेर प्रतिमाहरुमाझल्काउनुपर्ने हुँदा सेनाको इतिहासविज्ञहरुका सुझावपनिप्राप्त गरेकाथिए । सम्बन्धित विज्ञका अनुसार दज्र्यानीचिन्हहरुमाचन्द्र, सूर्य, सुन र चाँदीकाविशेष प्रतीक सजाइएकाहुन्थ्यो ।
तीवीरहरु, जसले भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्याभएको नेपालकातर्फबाट आफूहरुतालिमप्राप्त सैन्य नभएपनिबहादुरीपूर्वक लडेकाथिए । त्यस युद्धमा नेपाली योद्धाहरुका बहादुरीबारे अङ्ग्रेज जनरल अक्टर लोनी, जनरल गिलेस्पी, जनरल मार्ले र जनरल वुडले प्रशस्तै शब्दखर्चेर प्रशंसा गरेका कुरा इतिहासकारहरुले उल्लेख गर्ने गरेका छन् । त्यस युद्धमा नेपाल विरुद्ध लडेर भन्दा नेपालसँग सन्धी गरेर बढी फाइदालिन सकिने देखेर अन्ततः अङ्ग्रेजहरुले सन्धीको प्रस्ताव राखेकाथिए । थोरै सैन्य शक्ति र सैन्य संशाधनलिएर लडेको नेपालले सुदूर पश्चिममाबहादुरीपूर्वक लड्दै युद्ध हार्नु परे पनिमकवानपुरमाभने नेपालले अङ्ग्रेज सेनालाई हराएको थियो ।
सुगौली सन्धीमार्फत् युद्धको समाप्ती भएपछि नेपालीवीर योद्धाहरुको सम्मान अङ्ग्रेज सरकारले समेत गर्नु परेको थियो । त्यसै युद्धको समाप्तीपछि अङ्ग्रेजहरुले बहादुर नेपाली सेनालाई आफ्नो सेना (शिरमोर बटालियन) माभर्ती गर्ने कार्यको थालनीलाहोरबाट शुरु गरिएको थियो ।जसले गर्दा नेपाली समाजमा“लाहुरे”शब्दले प्रवेश पाएको थियो ।
यसअघि चर्चित मधेश आन्दोलनकाशहीदहरुकाप्रतिमापनिबनाएकामूर्तिकार राजुले बाल्यकालदेखि नै आफ्नाप्रसिद्ध पिताबालकृष्ण तुलाधरबाट मूर्तिकलासिक्दै आएकाहुन् । विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमापनिभागलिइसकेकामूर्तिकार राजुले बनाएको महाकविलक्ष्मी प्रसाद देवकोटाको प्रतिमा छिमेकीचीनको स्वशासितप्रान्तल्हासामा राखिएको छ भने श्रीजङ्ग सुब्बाको प्रतिमाभारतीयभूमिदार्जिलिङमा राखिएका छन् । मूर्ति र प्रतिमाहरु बनाएर थुप्रै सम्मानप्राप्तगरिसकेका राजुले राष्ट्रियस्तरकाकुनै पुरस्कार भने प्राप्त गरेका छैनन् । त्यसकालागिआफू पुरस्कारकालागिकतै नधाएको बताउँछन् ।
ऐतिहासिक“एङ्ग्लो–नेपाल युद्ध” मावीरगतीप्राप्त गरेका योद्धाहरुका प्रतिमाबनाउँदाआफूलाई अत्यन्तै सन्तुष्ट महसूस गरेकामूर्तिकार राजुले अहिले भैरहेको सुगौली सन्धीको चर्चाले आफ्नो कलाकृतिलाई जीवन्तताप्रदानगर्ने अमर वीरगाथाको महत्व बढाउने बताए ।

यसमा तपाइको मत