
शीर्षक :कोरोना कहर
छन्द:झ्याउरे,
सम्रचना:३,२,३,२,३,३
रचना:राजेन्द्रकुमार बज्राचार्य
बनेपा न.पा.-४ काभ्रे /कामनपा.कोटेश्वर
कोरोना अति फैलियो हेर भुवनै ढाकेर
साहस साथअगाडि बढौं कोरोना जितेर ।।१॥
यिनको नाली खोज्दैछ बेली विद्वान लागेर ।
यिनको काल कहाँ छ भनी अौषधि खोजेर ॥२॥
जगत डुली ढालेर अति मानव संहार
फ्याँकेर त्रास बसेर घर हट्छ है प्रहार ॥३॥
बनेर दृढ विश्वास गरी क्षमता बुझेर
निव्रत्त रही सुग्घर रहे जान्छ है गिरेर ॥४॥
लिएर हुन्न अति नै पिर गाल्दछ हियार
मै जित्छु भनी प्रयास गरे भाग्दछ किनार॥५॥
विनास भाव बोकेर आए सन्त्रास चित्कार
छोएर मात्र देखाए अब बनाए सिकार ॥६॥
पिरले खीर पाक्दैन हेर आगो त्यो बालेर
पकाऊ खीर मसला चिनी दूध नि हालेर॥७॥
बरफ पानी पिउने बानी कहिल्यै नगर
साबुन पानी मलेर हात धोएर सुग्घर ॥८॥
शिशिर भ्यायो वसन्त छायो ग्रीष्म र बर्षात
झन्झनै बढ्यो कोरोना आज पर्यो नि फसाद॥९॥
फैलियो अति बिषाणु हेर तर्सायो फैलेर
बाहिर भित्र नगरे अति घरको बिहार॥१०॥
बाँचेछ भने देखिन्छ हेर सुन्दर संसार
जिन्दगी भर हुँदैन डर ज्ञान भो अपार ॥११॥
बाहिर गई कोरना सारे जीवन निसार
अरुले पनि पाउँछ दुःख छाउँछ उभार ॥१२॥
नाच र गान गरेर बसे कोरोना तर्सिन्छ
ब्यायाम हुन्छ तनको भारी बोसो त्यो पग्लिन्छ॥१३॥
अनेक थरि सर्वत्र देश फैलिन्छ हरर
विश्वका नर हुन्छ नि हेर जनता थरर ॥१४॥
कोठामै बसी रमाऊ पढी ज्ञानको सागर
बिताऊ दिन लाग्दछ छिन जानिन्छ आचार ॥१५॥
अँध्यारो फाटी लाग्दछ घाम जीवन संसार
कोरोना हटी डर त्यो भाग्छ रक्त को सञ्चार ॥१६॥
जाँगर चल्छ उद्यम गर्न कर्ममा लागेर
अल्छीले सधैँ नलगोस् कबै जिन्दगी ठगेर ॥१७॥
नगर कबै के हुन्छ भनी जीवन लत्याई
पाउँछ फल जीवन तिम्रो ज्ञानको सचाई ॥१८॥
गरेर माया चुमेर गाला भो सभ्य ठानेर
स्वागत गर्छौ सदैव हेर अँगालो मारेर ॥१९॥
मायामा छली कसरी हेर मौकाको फाईदा
लुट्दछ जैले बेमान यहाँ मानको काईदा ॥२०॥
नवीन युग फेरियो जग घात त्यो पूर्खाको
नजुठो यहाँ नचोखो कतै भएर तर्साको॥२१॥
आ-आफ्नी थाली पस्केर खानी सर्दैन रोगको
कस्लाई थाहा सरुवा लागे पर्दैन शोकको ॥२२॥
हेरेर आज कोरोना राज पुरानै राम्रो भो
बिहानै उठी, ढोका र चुह्ला पोटिने ठिक भो ॥२३॥
नलाई जुत्ता नाङ्गो त्यो खुट्टा प्रवेश भान्सामा
पखाली हात माटोले छाँट आच्मन मुखमा ॥२४॥
शौचमा पनि माटोले हात धोएर पखाल्ने
द्विजले झन धेरै पो धुने गरेर सम्हाल्ने ॥२५॥
पूर्खाले यहाँ भोजन वस्त्र फेरेर खाएको ।
पिंढीले आज भोजन खाँदा जुत्ता पो लाएको ॥२६॥
भान्साको काम सकेर भाडा माझेर घाममा
सुकाई राख्ने चलन हाम्रो बिषाणु मार्नमा ॥२७॥
बाहिर गई भित्रिँदा हेर हात त्यो धोएको
अग्निको राप लिएर मात्र भित्रिने गरेको ॥२८॥
सुखले खाए बिगार्यो ज्यान अलग योगमा
बिहान धाए सडक गल्ली बाँचने स्वार्थमा॥२९॥
पूर्खाले मथे दही र पिधेँ बिस्कुन जाँतोमा
अहिले मथे दही र पिधें खाली त्यो हातैमा ॥३०॥
पहिले प्यूथेँ मदिरा पानी अमृत मानेर
अहिले हेर मदिरा विष छाँतिमै हानेर ॥३१॥
जमाना कस्तो जेपनि खाने कीरा र भ्यागुता
नखाने हेर पाइन्न कतै खोजेर देवता ॥३२॥
मुसा र माछा जिउँदै निली देखाए दानव
किन र त्यस्तो खान्छ तआज होइन मानव?॥३३॥
जिउँदै हाली गरेर फ्राई कसरी सकेको
जिउँदै खाई हाँसेर फेरि कसरी मस्केको ॥३४॥
रोग त आज लाग्ने न भयो पापको संसार
भोगको फलअरुले पाए दुःखको सञ्चार ॥३५॥
हे दैव आज कसरी सोधूँ यो देश शंकर
त्यै द्विज आज विरोधी भए सन्देश संहार ॥३६॥
गरौ है प्रभु नमस्ते सधैँ आदर सत्कार
गरौं है ढोग सदैव गुरु, मातर पितर ॥३७॥
संस्कार हाम्रो नराम्रो हैन नबुझी पाखण्डी
बिस्तार बुझौं अझै छ घाम संस्कार चौबन्दी ॥३८॥



