
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ३ । ताेयानाथ सुवेदी ।
लघुकथा
संस्कार र कुरीति
एउटा गाउँमा संस्कार र कुरीति गरि दुई व्यक्तिहरूकाे त्याे गाउँमा रजगज थियाे। यि दुवैमा अहिले सम्म कुरीतिकै बहुमत पुगेकाे थियाे जस अनुसार गाउँघरमा परंपराकाे नाममा कुरीति चल्दै अाएकाे थियाे। कुरीतिले मठ मन्दिरमा विहान बेलुका दिनकाे दुई पटक या दिनै भर हजाराै मान्छे जाने अाउँने र ढुंगाकाे मूर्ति या प्रतिमामा नाना थरि फूल,माला, अक्षता पाती, दही, दूध, घ्यू,जाै , तिल अादि वस्तु चढाउने गर्दथ्याे। कुरीतिले चढाएकाे केहि बेरमा त्यहाँ बस्ने पुजारी या सरसफाई गर्नेले तुरुन्तै बडारेर डस्वीनमा फाल्ने गर्दथ्याे। याे अनावश्यक त्यसै नष्ट भएर जान्थ्याे न भगवानले खान्थे न त दुःखीहरूले। यस्तै क्रमले याे परंपरा लाखाैं वर्ष देखि चल्दै अाएकाेमा त्याे देशमा एक्कासी कालाे अन्धकारले ढाक्याे मठ मन्दिर सबै बन्द गर्ने भनेर गाउँकाे प्रमुखले भन्याे यदि कसैले बन्द नगरेका त्याे अँध्यारेले टपक्कै टिपेर खान्छ भन्ने अादेश प्राप्त भएकाेले साेही अनुसार सबै डराएर घर भित्र नै अा अाफ्नाे अास्था अनुसार भगवान सम्झेर बसे।
अहिले सबैतिरका मठ मन्दिर अादि ढुंगाका मूर्तिहरू बन्द गर्ने निर्णय अनुसार बन्द भएकाेले सुनसुन हुँदा संस्कारकाे दिमागमा अचानक याैटा चमक अाउँछ। जस अनुसार करिब एक दुई महिना भयाे पूजा पाठ गर्न सारा गाउँका मान्छे टाढा मन्दिर नगएका । अाखिरी टाढा मन्दिरमै धाएर सबैले अन्न पात अादि नष्ट गरेर मात्र हुदाे रहेनछ जसाे गरेपनि दैनिक मान्छेकाे गुजारा चल्ने रहेछ किनकि पहिले जस्ताेथ्याे अहिले नि उस्तै छ ईश्वर पनि रिसाएकाे कुनै संकेत छैन घाम जुन तारा अाकाशमा उस्तै छन भन्ने उसकाे मनमा याैटा सकारात्मक साेच पलायाे । यसै क्रममा अब शास्त्र जान्ने वुद्धिजीवीलाई यस बारेमा साेध्छु भनेर शास्त्रका ज्ञातालाई भेटेर भन्याे गुरुजी के शास्त्रमा यसै गरि भगवानकाे नाममा ढुंगाकाे मूर्तिमा अन्न पात भाेग लगाएकाे भनेर चढाउँने वित्तिकै फाल्ने गर्नु पर्छ? भनेर साेध्याे शास्त्र वेत्ताहरूले हाेईन याे कुरीतिकाे बहुमतले चलाएकाे हाे यस्ताे कहि पनि छैन ।
त्याे दिन भगवान सम्झेर सुतेपछि उसले भगवानसँग यसै बारेमा वार्तालाप गरेछ । साे बारेमा भगवानले निद्रामा जवाफ दिंदै भन्नु भएछ संस्कार बाबू तँ सबैलाई याैटा संदेश दिएर हिड अहिले अवसर छ किनकी मान्छेले नबुझेर हाे याे अन्न त केबल मैले अन्नमय काेश भएका प्राणीहरूकाे प्राण धान्नकाे लागी सृष्टि गरेकाे थिएँ । त्याे मेराे ढुंगारुपी प्रतिमामा राख्नु जरुरत छैन किनकि न मलाई खानु पर्छ न कुनै कुराकाे अावश्यक पर्छ मलाई मात्र श्रद्धा र भक्तिद्वारा सम्झना गरे पुग्छ मैले कृष्ण लिला गरेर सुदामाकाे सेवा गरेकाे उदाहरण दिएकाे थिएँ किन दिएकाे भन्ने सम्झ त ? उनि सारै गरीक थिए खाने अन्न थिएन अनि त म गएर सहयाेग गरें तसर्थ तिमिले पनि अब जसले मेराे नाममा जाै तिल अक्षता अादि जे चढाउँछन् त्याे सबै संकलन गर्ने बानी बसाल।
चामल,जाै, तील अादि अन्नका परिकार छुट्टा छुट्टै गरि राखेपछि जब धेरै हुन्छ त्याे सबै लगेर जाे ब्यक्ति दुःखी गरिब खान नपाउने छ त्यस्ताकाे खाेजी गर्दै राम्राे संग पहिचान गरेर तिनिहरूलाई खान देऊ। मेराे प्रतिमा या ढुंगाकाे मूर्ति पनि सधैं सफा हुन्छ दुर्गन्ध हुदैन। अनि निधारमा टिका लगाउँने कसैकाे इच्छा छ भने अहिले प्लाष्टिककाे चामल निस्किएकाे छ त्यही अविरमा मुछेर लगाएर अात्मा सन्तुष्टि पार र अाफ्नाे साैन्दर्यता बढाऊ। साथै प्रत्येक मठ मन्दिरमा तिमी यस्तै काम गरेर बस कतै भाेका नाङ्गा मान्छे पाईदैनन। याे सबै कुरीतिकाे राज।हटेर जान्छ बुझ्याै भन्नु भएछ।
याे सपना पछि उसमा त्याे अँध्याराे हटेर सूर्य भन्दा पनि ठूलाे ज्याेति उसकाे रुप र दिमागमा बल्दै चम्केछ अाएछ। यस्ताे चमकले गर्दा उसले भगवानले सपनामा भन्नु भए अनुसार सबै मठ मन्दिरमा धाएर व्यबस्थापन गरेर बसेछ त्यहाँ कुरीतिकाे बहुमतले केहि गर्न सकेन किनकि कुरीति जति सबै अँध्याराे रातले गर्दा घर भित्र नै बन्दी भएर रहेका थिए।अहिले सबै गाउँमा डुलेर दैनिक जउ तिल चामल भगवानकाे नाममा उठाएर संकलन गरिरहेकाे छ। त्याे दिनहुँ बढ्दै गयाे र धेरै भएपछि उसले दीन दुःखी असहायहरू खाेजेर दैनिक खाना खुवाउन लाग्याे। जुन जाै काे सातु पाैष्टिकताले भरिपूर्ण थियाे,तिल अचारकाे लागी छाेप बनाउन प्रयाेग गर्दछ अर्थात अा अाफ्नाे रुची अनुसारका परिकार बनाएर सबैलाई खान दियाे । संस्कारकाे यस्ताे मानविय पराेपकार सेवा नै धर्म हाे भन्ने सत्कर्मबाट कुरीतिहरू सबै प्रभावित भएछन्। अहिले त्याे देशमा कतै कुरीति छैन। मठ मन्दिर हरू सफा भए ।
संस्कारकाे यस्ताे सकारात्मक कार्यबाट भगवान ज्यादै खुसी हुनु भयाे ।सबै अँध्याराे बादल नष्ट गरेर उज्यालाे छरिदिनु भयाे।
ताेयानाथ सुवेदी
अाेखलढुङ्गा



