लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ५ । दुर्गा अधिकारी भमरकाेटे ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ५ । दुर्गा अधिकारी भमरकाेटे ।

लघु कथा

ठुले र साने ।

एक समयको कुरा हो । ठुले र साने एउटै कलेजमा पढ्ने गर्दथे । ठुले मध्यमाञ्चल क्षेत्रक‍ो पहाडी भेग बाट र साने पश्चिमाञ्चल क्षेत्र बाट राजधानीमा आ-आफ्नो उच्च शिक्षा पूरा गर्न आएका थिए ।

ठुले केही समय बिश्वका सम्पन्न राष्ट्रहरूको भ्रमण गर्नुका साथै तीन बर्ष विदेशमा काम गरेर फर्केका थिए । विदेश बाट फर्के पछि ठुलेले आफ्नो परिवारलाई राजधानीमा स्थान्तरण गरेका थिए । विदेश बाट केही आर्जन गरेर फर्केको हुदा परिवार र व्यबहार राम्रोसँग चलिरहेको थियो । अरू काम केही पनि नभएको समय पारेर ठुलेले आफ्नो उच्च शिक्षा पूरा गर्ने अवसर जुराएका थिए र कलेज जाने गरेका थिए ।

सानेको दाजु राजधानीको एउटा सरकारी कार्यालयमा काम गर्ने सिलसिलामा शहरमा नै डेरा गरि सपरिवार बसेका थिए । त्यही दाजुको परिवारका साथ साने बस्दथे र आफ्नो पढाइलाई अगाडि बढाइरहेका थिए । कलेजमा अरू धेरै बिद्यार्थीहरू थिए तर पनि ठुले र सानेको मित्रता गहिरिएर जाँदै थियो । यसको कारण भने ठुलेको जस्तै सानेको सरल तथा मिठासपुर्ण व्यवहार सबै साथीहरू प्रति रहेकोले नै हुन सक्दछ । साने कलेजको राजनितीमा चासो राख्ने गर्दथे तर आफै उमेदवार हुने वा सम्लग्न हुदैनथे । अरू सबल साथीहरूले सहभागी भएर कलेजका बिद्यार्थीहरूको हक हितमा कार्य गर्न सरसल्लाह दिई रहन्थे । सानेको बिचारमा ठुलेले कलेजको राजनितीमा हात हालेर बिद्यार्थीहरूको हक हितमा केही गरिदिए राम्रो हुन्थ्यो भन्ने थियो र उनले ठुलेलाई पटकपटक भनेका थिए । ठुलेको अनुभव र सबल पक्षको बिषयमा अरू साथीहरूलाई सुनाउने गर्दथे ।

ठुलेको अंग्रेजी बिषयमा राम्रो दखल थियो । धेरै साथीहरू यो बिषयमा कमजोर नै थिए । ठुलेसंग अंग्रेजी सिक्ने बहानामा उसको घरमा साथीहरूको बिहान बेलुका भिड नै लाग्ने गर्दथ्यो । यिनै साथीहरूको साथमा ठुले र साने रमाइरहेका थिए । सानेको आर्थिक अबस्था त्यति राम्रो नभएको कुरा ठुले बाट छिपेको थिएन । तर पनि सकेसम्म उनलेे आफ्नो समस्य साथीहरू बाट परै राख्ने कोशिश गर्दथे ।

एक दिनको कुरा हो । ठुलेलाई केही रकमको जरुरत पर्यो । उसले बिदेश बाट ल्याएको बिदेशी पैसा साट्नु पर्ने भयो । हुनत बिदेशी पैसाको कारोवार राजधानीमा बैंक भन्दा बाहिर बढी पैसामा हुने कुरा ठुलेलाई थाहा थियो । तैपनि ठुलेले अनजान जस्तै गरेर आफ्नो कुरा साने बाट लुकाउन चाहेन र अनजान जस्तै भएर भन्यो, साथी मलाई पैसाको आवश्यकता परेकाले मसंग भएको बिदेशी रकम साट्नु पर्ने भयो । के गर्ने होला । सानेलाई यस बिषयमा केही थाहा थिएन र उसले ठुलेलाई केही पनि नसुझाई मौन बसिरह्यो । ठुलेले अझै थप्दै भन्यो बजारमा सम्पर्क हुनेहरूले दर रेट भन्दा बढीमा बेच्छन् रे । यो सुनेपछि सानेका कान ठाडा भए र उसले कोशिश गर्ने कुरा बतायो र ठुले संग बेलुकी भेट्ने बाचा सहित छुट्टियो । सायद उ बजार खोज्न गएको ठुलेले अनुमान लगायो ।

ठुलेको अनुमान सही निस्क्यो । साने चाडै नै बजार बाट फर्कियो र बजारको हाल ठुलेलाई खुसी साथ सुनायो । अहिले बजारमा बिदेशी मुद्राको व्यापार राम्रो रहेको र आफुले यो काम सजिलै गरिदिन सक्ने कुरा बतायो । ठुलेले त्यही नै खोजेको थियोे र ठुलेले खुसी साथ सटही गर्न चाहेको रकम सानेलाई दियो । साने फेरि बजार गयो र पैसा साटेर बेलुकी ठुलेको घरमा फर्क्यो । सबै कहानी सुनाउदै ठुलेलाई पैसा दियो । ठुलेले यसरी सहयोग गरि दिने जो कोहीलाई पनि नाफाको एक रुपैया बाट पाँच पैसा दिने गरेको थियो । उसले सानेलाई पनि त्यो रकम दिन चाह्यो तर सानेले मानेन ।उल्टै रकम सटही गर्नेले कमिसन दिइसकेको जनायो । उक्त रकम पनि साथीको बाट आएको हुदा आफुले नराखि ठुलेलाई नै दिने कुरा गर्यो । यो ठुलेको लागि अत्यन्तै खुसीको कुरा थियोे र उसले चाहेको पनि यही थियो कि अरू बिचौलियाहरूले लिने कमिसन आफ्नै साथिले लियोस । यो कार्य बाट सानेले एउटा ठूलो व्यापारको आइडिया सिक्यो ।

आखिर सानेले पैसा लिन मानेन । दुबै साथीहरूको सल्लह अनुसार कमिसनको रकमले ग्रुपमा रहेका साथीहरू मिलेर रेस्टुरेन्टमा खाना खाने सल्लाह भयो र सल्लाह अनुसारको पार्टी भयो । ठुले र साने लगाएत सबै साथीहरू खुसी भए तर उनीहरू दुई जना बाहेक अरु कसैलाई किन र कसरी भोज भयो भन्ने थाहा भएन ।

समयको अन्तरालमा साथीहरू उच्च शिक्षा सकेर आ-आफ्नो बाटो लागे । ठुले बिदेश तिरकै काममा लाग्यो । साने आफ्नो गाउँमा फर्केर शिक्षकको काममा लाग्यो। फुर्सदको समयमा लेन देन तथा रियल स्टेटको एजेण्टको काम गर्यो । जुन कुराको पहिलो अभ्यास उनले ठुलेबाट सिकेको थियो । अहिले आएर साने देशकै ठुलो स्तरको रियल स्टेट एजेण्टको रूपमा देखिएको छ भने ठुले पनि स्वदेश फर्केर सकेको समाज सेवामा लागेको छ। मानिसलाई समय परिस्थिति र सहि साथीहरूको संगतले कहाँ पुर्‍याउने रहेछ ।कल्पना गर्न सकिन्छ । म यस लघु कथाका माध्यम बाट ठुले साने र उनीहरूका सम्पुर्ण साथीहरूको सुस्वास्थ सुखी जिवनको कामना गर्दछु ।

धन्यवाद ।
दुर्गा अधिकारी भमरकोटे ।

यसमा तपाइको मत