लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ८ । तेजप्रकाश बानियाँ ।


अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ८ । तेजप्रकाश बानियाँ ।

लघुकथा

नक्कली सिंह र वनमान्छे

वनमान्छेकाे चहल पहलले गर्दा चिडियाखानामा अचेल दर्शककाे भीड लाग्न थालेकाे छ । मुसीकाेट विद्यालयका कक्षा ४ का विद्यार्थीहरू चिडियाखानामा घुम्न गए । स्कुलबस चिडियाखानाकाे ढाेकामा राेकियाे । सबै विद्यार्थीहरू टिकट काटेर साेझै त्यतैतिर लागे । वनमान्छे, सिंह , स्याल जस्ता जनावरहरू त्यही साइडतिर राखिएकाे रहेछ । पहिले वनमान्छेकाे काेठा नजिक पुगे । पालेसँग वनमान्छेकाे सामान्य जानकारी लिए । विद्यार्थीहरू देखेर पालेले वनमान्छे तिर हेर्दै , ” याे त पिङ पनि खेल्छ” भन्दै ” ल बाबू पिङ खेलेर देखाइदे उहाँहरूलाई ” भनेर अह्रायाे । वनमान्छेले पनि झुन्डिएको डाेरीमा फुत्त उफ्रिएर मच्चाउँदै पिङ खेल्न थाल्यो । त्यतिबेला अचानक डाेरी छिनेर वनमान्छे मच्चिएकाे गतिमा हुत्तिँदै सिंहकाे काेठामा खस्न पुग्याे । झण्डै सिंहले एकैगाँस नपारेकाे । पाले अात्तिएर कराएकाेले सिंहले केही नगरी अाफ्नाे ठाउँमा गएर बस्याे । हाहाकारकाे अवस्था सिर्जना भयाे । पालेहरू अात्तिएर ” ल वित्यास पर्याे ” भन्दै सबै दर्शकहरूलाई हटाउन थाले । एकैछिनमा चकमन्न भयाे । त्यहाँ पालेहरू मात्र भए । त्यही माैका पारेर डरले थर्थर कामीरहेकाे वनमान्छेकाे कानमा गएर सिंहले , ” सन्चै हाे ” भनेर साेध्याे । तब वनमान्छेले लामाे स्वास फेर्याे ।
कुरा के रहेछ भने दुई हप्ता अगाडि नै बुढाे सिंहकाे मृत्यु भएकाेले सिंहकाे खाेल अाेडाएर एउटा मान्छेलाई तालिम दिइएकाे रहेछ । त्यस्तै वनमान्छे भएमा दर्शकहरूकाे अाकर्षण बढ्ने हुँदा एउटा मान्छेलाई वनमान्छेकाे खाेल अाेडाएर तालिम दिइएकाे रहेछ । तर सिंह पनि नक्कली हाे भनेर नक्कली वनमान्छेलाई बुझाइएकाे रहेनछ । तर सिंहलाई भने वनमान्छेकाे बारेमा थाहा रहेछ ।

तेजप्रकाश बानियाँ
काभ्रे

यसमा तपाइको मत