
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर ९ । लक्ष्मीप्रसाद मिश्र ।
लघुकथा
अंशबण्डा
पाउँदीबजारमा एकजाेडी बाहुन बाहुनी सुखपुर्वक जीवनयापन गरिरहेका थिए । उनीहरूकाे एउटा छाेराे पनि थियाे । जब छाेराे पाँच वर्षको पुगेकाे थियाे । उनीहरूकाे जीवनमा दैव कठाेर रूपमा प्रस्तुत भएर अायाे । मरस्याङ्दी नदिकाे डिलमा घाँस काटिरहेकी बाहुनी माथी बाट अाएकाे पहिराेमा परिन र ज्यान गुमाइन ।
बाहुनी मरेपछि हट्टा कट्टा शरीर भएका बाहुनले एक महिनापछि नै गुरूङसिनी भित्र्याए । गुरूङसिनी घरमा भएपछि बिस्तारै बाहुनले जाँड रक्सी खान शुरूगरे ।
गुरूङसिनी तर्फबाट नि एउट छाेराे जन्मियाे । बाहुनीपट्टीकाे छाेराेसँग गुरूङसिनीकाे छाेराे असाध्यै मिल्थ्याे । उनीहरू दुबै गुरूङबाकाे घर वा मामाघर जान्थे । दुबै दाजुभाई मिल्ती राम र लक्ष्मणकाे जस्तो थियोे ।
गुरूङसिनी तर्फकाे छाेराे १५ वर्ष पुगेकाे थियाे । एकदिन माेटरसाइकल दुर्घटनामा परेर दम्पतीकाे मृत्यु भयाे । बाहुनले टन्न जाँड धाेकेर वाइक चलाउदा दुबैकाे ज्यान गयाे भन्थे गाउँलेहरू । उनीहरू दुबैले बाबुअामाकाे अन्तिम संस्कार गरे ।
अन्तिम संस्कार सकिएपछि गाउँलेहरू भेला भएर जग्गा जमिन, हाडाे भाँडाे सबै अाधा अाधा गरेर छुट्याइदिए । तर गाउँले र उनीहरूले पनि भुले गाेठकाे एउटा गाई भाग लगाउन । दाइ चाहीले भन्याे , ” गाउँलेलाई के दु:ख दिनु ,गाई दुई भागमा बाडाै अगाडिको भाग र पछाडिको भाग गरेर , तँ कुन राेज्छस् ।
गाईकाे अनुहार नै उज्यालो थियाे । भाइले अगाडि पट्टिकाे भाग राेज्याे । दाइ खुसीले दङ्ग पर्याे ।
भाइ घाँस खाेले गर्ने, दाइले भकाराे साेरेर मल लाने
भाइ गाई घस्याउने, दूध दाेएर दाइ खाने ।
अब गाउँलेले पनि याे कुरा चाल पाए र भन्न थाले,” बाहुनीकाे छाेराले गाईकाे अगाडिको भाग दिएर तलाई गाेठालाे मात्र बनायाे ।”
तब उसले जवाफ दियाे,” मैले जानी जानी दाइ र गाईकाे सेवा गरेकाे, म लक्ष्मण हुँ दाजुकाे सेवा गरिरहन्छु ।”
लक्ष्मीप्रसाद मिश्र
लमजुङ



