
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १० । सुचिता काफ्ले ।
लघुकथा
धनेकाे माया
सुमित्रा साेफामा बसेर टाेलाइरहेकी थिइन । ममीलाई टाेलाइरहेकाे देखेर छाेरी ऋतुले जिज्ञासा राख्दै साेधिन, ” मामु किन उदाश हुनुहुन्छ ? कामदार सबैलाई पैसा दिनु भयाे हाेइन ? ”
” दिए छाेरी याे बन्दाबन्दीमा सबैलाई अाधा महिनाकाे तलब दिए । सबैजना खुसी पनि भए ।”
सुमित्राले छाेरीलाई भनिन् ।
” सबैजना खुसी भए तर मामुलाई दुःखी देखिरहेकी छु किन नि ? ऋतुले प्रश्न गरिन् ।
” हाम्राे कारखानामा सबैभन्दा मेहनती कामदार धने हाे । उसका दुईटी श्रीमती छन् । अाधा मात्र पैसाले कसरी धान्ला , उसलाई मात्र पूरा महिनाकाे दिउ भने नि पूरा हल्ला गर्छ । मनमा कुरा राख्न सक्दैन । उसकाे पिर लागेकाे छ छाेरी ।” सुमित्राले भनीन् ।
” हाे र धनेका दुइटी श्रीमती । पिर नगर्नुहोस् मामु भाेलि म दुबै परिवारलाई एक महिनालाई पुग्ने रासन लगिदिन्छु । धनेका श्रीमतीले मलाई साहुनीकि छाेरी भनेर चिन्दैनन् । हजुरले धनेलाई कारखाना बाेलाउनु । कहाँ बस्छन् , थाहा छ नि हजुरलाई ।” ऋतुले बाेलीन् ।
” ठिक भन्याै छाेरी भाेलि नै रासन लगिदेउ, मलाई त्यसकाे धेरै माया लाग्छ ।” सुमित्राले उज्यालो मुख पार्दै बाेलिन् ।
सुचिता काफ्ले
सुकेधारा



