
अाधुनिक साहित्य परिषद्काे सिर्जनात्मक अाठाैं श्रृङखला । विशेष परिस्थितिमा पनि हामी सिर्जनामा निरन्तर छाै । यसपालिको श्रृङखला लघुकथाकाे श्रृङखला । सहभागीता नम्बर १२ । चन्द्रा न्याैपाने ।
चन्द्रा न्यौपाने
जन्मः तनहूँ
हालः टोखा नगरपालिका – ८,
जालपाचोक, काठमाडौं।
विधाः लघुकथा
शीर्षकः फुपू ! हाम्रो माया लाग्दैन ?
फुपू ! फुपू ! आज घर आउँदा हामीलाई नि राहत लिएर आउनुस् है। तपाइँले त कति धेरै जनालाई राहत बाँड्नुहुँदो र’छ है। मैले पल्लाघरको कान्छी दिदीको मोबाइलमा भिडियो हेरेको। कति धेरै चामलका बोरा, दाल, नून, चिनी, साबन,………… अरू केके कति धेरै बोरैबोरा – पोकैपोका तपाइँका अगाडि। त्यस्तै कुराहरूलाई
पो राहत भन्दा र’छन् है, फुपू ! त्यहाँ त्यति धेरै खानेकुरा हुँदा पनि किन हाम्रो घरमा कत्ति पनि
नल्याउनुभ’को ? हाम्रो माया लाग्दैन हो फुपू ! तपाइँलाई ? हाम्रो घरमा कति दिनदेखि त्यही अलिकति
गहुँको पिठो र नूनमात्रै त छ। कति दिन भइसक्यो खोलेमात्रै खा’को। रोटी पकाउनु न भन्दा आमा नि मान्नुहुन्न। वडा सदस्य सीताको हात समाउँदै
उनको सानो भदाले भनिरहेको थियो।
सानैमा आमाबुबा गुमाएकी सीताका आशा भरोषा भन्नु नै तिनै दाजु, भाउजू र भाइ थिए। दाजु – भाउजूले ठेलामा तरकारी बेचेर कमाएको आम्दानी नै उनीहरूको जीवन गुजाराको बाटो थियो। कोरोनाका कारण बन्दाबन्दी
भएपछि आम्दानी ठप्प……।
यस लकडाउनका बेलामा उनैको
संयोजकत्वमा गठित समितिका
व्यक्तिहरू मिलेर राहत आवश्यक
पर्नेहरूको नामावली सङ्कलन गर्न टोलटोलमा घरदैलोमै खटेका भए तापनि उनको समस्याप्रति कसैको ध्यानै गएन।
राहत आवश्यक पर्नेहरूको सूचीमा उनले आफ्नो परिवारको
पनि नाम राख्न धेरै पटक सोचेकी
भए तापनि सकिरहेकी थिइनन्। आज उनी सानो भदाको अनुरोधले स्तब्ध भइन्। भदाले नदेख्ने गरी
बरर आँसु झारिन् र वडाध्यक्षलाई
मलाई आज सञ्चो नभएकाले आउन नसक्ने भएँ भनी फोन
गरिन् । राहत बाँड्न हिँड्न लागेकी उनी भित्र पसी मुख छोपेर सुतिन्।



