पाल्पामा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमणको पुष्टि


पाल्पा – पाल्पामा कोरोना सङ्क्रमणले ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला भैरहवामा हिजो थपिएका ७७ सङ्क्रमितमध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेका स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।  भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो ।

ज्यान गुमाएका ती पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो ।

 

यसमा तपाइको मत