किन रुन्छौ न्याउली यो मध्य रातमा
एक्लै पर्यो कि कसो ?
थोरै छन् हास्नेहरु यहाँ
रुने छन् धेरै जसो //
आए अगुवा तर बाटो भगुवा
के गर्छन कुन्नि अब
खाए डाँडा काडा रुख लहारा
छहरा पहरा सब //
गाए गित घर घर पसी
पुरानै लेग्रो कसी
लाए मित मितेरी सबसित
खाए भ्न्दरमा बसी //



