प्रचण्डसहित परिवारका सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


काठमाडौं, २२ साउन । नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी दिइन् ।

प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहने ६ जना सुरक्षाकर्मीमा भने कोरोना पोजिटिभ देखिएको छ ।

‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड–१९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । उक्त ६ जना बाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछ’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छिन् ।

यसमा तपाइको मत