बनेपा । बनेपा ,धुलिखेल र पनौती नगरपालिका भएर बग्ने पुन्यमाता नदी करिडोर निमार्ण कार्यको शिल्यान्यास आज हुँदैछ ।
नेपाल सरकारका पुर्व सञ्चार मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा करिडोर शिल्यान्यास कार्यक्रम आज हुने भएको हो ।
जिल्लाकै गौरबपूर्ण आयोजनाको रुपमा हेरिएको पुन्यमाता करिडोरको पहिलो चराणको कामका लागि रु १५ करोड विनियोजन भएको छ ।
बनेपा नगरपालिका नालादेखि धुलिखेलको श्रीखण्डपुर र पनौती नगरपालिकाको त्रीवेणी घाटसम्म तीन चरणमा गरी करिडोर निर्माणको काम हुनेछ ।
करिडोर निर्माणका लागि लामो समयदेखि यस क्षेत्रका संघिय सभासद् एवं पूर्व मन्त्री बाँस्कोटा लागि पर्नुभएको थियो । पुन्यमाता करिडोर बनेसँगै पुन्यमाता नदी व्यवस्थित हुनेछ भने यो आवाजावतमा समेत सहजता हुनेछ । नदीको किनारैकिनार बन्ने सडकले बैकल्पिक मार्गको रुपमा समेत काम गर्नेछ ।



