नुवाकोटको दुप्चेश्वर गाऊपालिका वडा न. १ साबिक घ्याङफेदी गाबिस वडा न ३ नेगिखोलामा लाखौ टन बराबरको ढुङ्गा पल्टिन सक्ने र ठुलो जनधनको क्षती हुने खतरा बढे पछी पुर्ब मन्त्री तथा प्रतिनिधीसभा सदस्य हित बहादुर तामाङ ले ऊत्त स्थानको निरिक्षण गरी तत्काल २८ घरपरिवारहरुलाई स्तान्तरणको काम सुरू गर्नु भएको छ ।
।
अनुमानित दश लाख टन बराबरको ऊक्त डुङ्गा कुनै पनी बेला पल्टिन सक्ने खतरा बढेपछी २८ घरपरिवार ऊच्च जोखिम मा परेको थियो । यस अधि ऊक्त ढुङ्गाको ओडारमा स्थानिय किसान हरूले घाॅस दाऊरा राख्ने, गाई गोरू बाध्ने गरेका थिए । अहिले ऊक्त ओडार खुम्चिएर किसानले राखेको दाऊरा च्यापिएको अबस्थामा छ र ओडार ओडार
भित्र पट्टीका चर्किएको एबम ऊत्तर तर्फको भित्ता र ढुङ्गा करीब २/३
फिटको दुरीमा छुटिई सकेको छ । ठुलो वर्षा हुने र भुकम्प आयो भने कुनै पनी बेला ढुङ्गा पल्टिन सक्ने र ढुङ्गा पल्टिएमा ठुलो क्षति हुने देखिएको पुर्ब मन्त्री तामाङ ले जानकारी दिनु भयो । साथै तामाङ ले
निरिक्षण गरी ३५ सेट पाल, गृह मन्त्रालय बाट ऊपलब्द गराएका केही थान टेन्ड र शौचालय प्रयोजनको लागी हुने त्रिपाल लगायतका सामाग्री हरू जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यलय, सुरक्षा निकायका कर्मचारी, पत्रकार तथा समाजसेवीको रोहवरमा बितरण समेत गर्नु भएको छ ।



