मालभारिनी छन्द।

- तेज प्रकाश बानिया


अति सुन्दर वाग वाग धाइ ,
भ्रमरो घुम्दछ फूलमा रमाइ ,
यसमै त्यसको छ नित्य काम ,
यसमै आखिर हुन्छ त्यो तमाम १

यहि मानव देहको छ हाल ,
मनको दास बनेर बुन्छ जाल ,
किन गर्नु सधैं खराब काम ,
बरु सत्कर्म गरी चलाउ नाम २

यसमा तपाइको मत