स्रष्टा परिचय:- तुलसी पण्डित पिता बालकृष्ण पण्डित र माता पार्वती देवी पण्डितकाे सुपुत्रकाे रूपमा २०१९ असाेज २५ गते तनुहुँ रतनपुरमा जन्मिनु भएका कवि/ लघुकथाकार तुलसी पण्डित ज्यूले नेपाली साहित्य जगतलाई पाँच अाेटा अाफ्ना कृतिहरू दिएर याेगदान पुराउनु भएकाे छ। उहाँद्वारा लेखिएका लघुकथाहरू अाधुनिक नेपाली लघुकथा पेज र अन्य पेजहरूमा पनि हामीले पढ्दै अाईका छाै। समाजमा घट्ने बिकृतति र बिसंगतिलाई बिषय बस्तु बनाएर लेखिएका उहाँका लघुकथाहरू अाम पाठकले अभिरूचिका साथ पढ्दै अाउनु भएकाे छ। छन्द बचाउँ अभियान र शारदा घरदैलाे कार्यक्रम उहाँ समंलग्न भएका संस्थाहरू हुन। हाल भरतपुर चितवनमा स्थाई बसाेबास गर्दै साहित्य साधनामा निरन्तर लागिरहनु भएका पण्डित ज्यूकाे साहित्यिक प्रगति सु स्वास्थ दिर्घ जिवनकाे कामना गर्दै उहाँद्वारा अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा पाठकहरू सामु पेश गरेकि छु।
लघुकथा : तातो पानी
तुलसी पण्डित
दशैंको रमझम बढी रहेको थियो । मानिसहरुमा उहीँ मासुको चर्चा चलि रहेको थियो । मलाई पनि घरमा मासु ल्याउन पर्ने थियो । म मासु लिन बजार जाँदै थिए । बाटोमा चारपाँच जना मान्छे जम्मा भएर कुरा गरिरहेका थिए ।
“के गर्ने आजकल मान्छे साह्रै अल्छी भए ।दशैको बेलामा पनि घरमा खसी ल्याएर काट्दैनन् । घरमा भएको खसी पनि बेचेर बजारबाट मासु ल्याउँछन् । अनि पर्छन् बूढी बाख्रीमा ।”
अर्कोले भन्यो ।
“होनी पहिले त घरमा खसी काटेर भाग लगाएर खाइन्थ्यो । आफ्नै घरमा काटेको कति राम्रो हुन्थ्यो । हरायो त्यो चलन आजकल त ?”
मलाई त्यसले निकै ठूलो चोट पुर्यायो । किन भने मैले पनि घरमा भएको खसी बेचेर मासु लिन बजार जाँदै थिए ।
बजार पुगेर एक मासु पसले सँग मासु मागे ।उसले मलाई पाँच किलो मासु दियो । पैसा दिए । खुद्रा पैसा न भएर ऊ घर भित्र गयो । बजार आउँदा बाटोमा भनेका कुराले मन खुल्दुली बनाएको थियो । मैले ऊ घर भित्र गएको मौका पारेर खसीको मालमा हात पुर्याइ झट्का दिए । माल त फुत्त बाहिर आयो । म आत्तिएर माल लुकाउन पुगेछु ।
ऊ आएर मलाई पैसा दिन खोज्यो । मैले भने ।
मासु त धेरै लान पर्ने भयो । कम्तिमा पनि एउटा खसी ।साथीहरु आउँदेछन् । अहिले यो मासु राखेर पैसा दिनुहोस् ।ऊ खुशी हुँदै मासु राखेर पैसा फिर्ता दियो ।
म अल्लि पर गएर प्रहरीलाई फोन गर्दै ऊ तिर हेरि रहे । उसले बल्ल चाल पायो माल न भएको ।उसले चारै तिर खोज्यो भेट्टाएन । उसले हतार गर्दै अर्को माल घुसार्यो । प्रहरी पनि आइ पुगे । मैले खसीको माल दिदै सबै कुरा प्रहरीलाई भने । प्रहरीले माल लिदै खै ! कुन हो भन्यो । मैले इसाराले देखाई दिए ।
प्रहरी गएर मालमा हात लगाउँदै तान्यो ।त्यो पनि फुत्त आयो ।
“हैन आजकल त खसीको माल तान्ने बित्तिकै आउँदा रहेछन् है साहुजी ?”
साहुले आत्तिदै भन्यो ।
“त्यसो हैन त्यहाँ तातो पानी धेरै परेर त्यस्तो भएको हुन सक्छ ।”
प्रहरीले अर्को माल देखाउँदै भन्यो ।
” हजुरको खसीको दुईवटा माल रहेछन् है ।”



