स्रष्टा परिचय:- पिता प्रेम बहादुर भण्डारी र माता चन्द्रकला भण्डारी काेखबाट चाैबिसे गाउँपालीका ५ धनकुटामा जन्मिनु भएकि बिष्णु भण्डारी ज्यू बि.एड सम्म अध्यन गरेकि एक शिक्षिका हुनुहुन्छ। शिक्षा क्षेत्रमा २०५० सालदेखि निरन्तर कर्म गरिरहनु भएकि बिष्णु भण्डारी ज्यू! ले साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै अाउनु भएकाे परिचित सर्जक हुनुहुन्छ। लघुकथा, कविता, हाइकु र मुक्तक बिधामा उहाँकाे कलम चलेकाे छ। कृति प्रकाशनकाे तयारीमा रहनु भएकाे लघुकथाकार बिष्णु भण्डारी ज्यू ले अाफ्ना लघुकथाहरू समाजीक संञ्जाल मार्फत अाधुनिक नेपाली लघुकथा पेज, लघुकथा पाठशाला र अाधुनिक लघुकथा कुनाेमा प्रकाशित छन्। हाल श्रीमान र दुई छाेरीहरू साथ बेलवारी माेरङमा बसाेबास गर्दै अाउनु भएकाे भण्डारी ज्यूकाे लेखन यात्राकाे सु स्वास्थ र दिर्घ जिवनकाे शुभकामना दिदै अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे लघुकथालाई खाेज अनलाइन डट. कममा प्रकाशित गरेकि छु।
()लघुकथा—इज्जत
विष्णु भण्डारीआचार्य
बेलबारी माेरङ
दशैँको रौनक थियो ।दशैँमा माइतमामलको विशेष महत्व हुन्छ,वर्षदिनपछि हामी तिनैजना दिदीबहिनी समय मिलाएर माइत गइयो, दाजुले हामी तिनैजाेडी बैनी र ज्वाइँहरुलाइ टिका लगाएर दक्षिणा दिनुभयो,
भाउजू भान्सामै खाना तयार गर्दैहुनुन्थ्यो,
हामी तिनजोडी उहाँका बहिनी र ज्वाइँहरु बाहिर खाटमा बसेर गफिदैथियोैँ,
भाउजु एकछिनमा भान्साकोठाबाट टिका उठाएको कोठातिर छिर्नुभयो । दाजुसँग सानो बोली पारेर बोल्दैगरेको ,मैले नजानिदोगरी उहाँका कुराकानी नियालेर सुन्न भ्याएँ,
भाउजूले सोध्नुभो–“कतिकति दक्षिणा दिनुभो त ?”
दाजुले हास्दै भन्नुभो–“कति दिनु र दक्षिणा ,आशिर्वाद पो ठूलो कुरा हो त । ”
“त्यसो भनेर काँ हुन्छ त नि इज्जत जादैन कि क्या हाे ,
भन्नु न कति दिनु भो ?”
“बुइनीहरुलाइ चाचारसय , ज्वाइँहरुलाइ पापानसय दिएँ भएन र ?”
भाउजुले बिसन्तोक प्रकट गर्दै मुख बिगार्नुभयो -“लु हेर त सबैलाइ उतिउति नै दिनुभो ? भन्नु न कतिकति दिनुभो ?”अाश्चर्यकाे भाव ब्यक्त गर्नुभाे उहाँले।
“अँ ,अनि के त, सबै उस्तै त हुन नि”
“लु हेरहेर कस्तो मान्छे तपाइँपनि”
“किन र ?”दाजुले खिसिक्क हास्दै भन्नुभो ।
“हन किन भन्नु ,इज्जोत जादैन त अनि?ति कान्छी बैनीलाइ थोर भो नि त ,उनेरु त्यति राम्रो ब्यवस्था गरेर बसेकाछन् , मार्बलैमार्बल हालेर चारतले घर बनाकाछन् ,उनका छोरानि अष्ट्रेलिया गकाछन् , त्यति दिदा लाज हुदैन त अनि ? ति दुइटीलाइ त ठिकै भो, ति जेठीलाइ त अझ धेर पनि भो,महाका ब्यहोरा सकिएका हरिटट्टुलाइ ।



