स्रष्टा परिचय / बिनाेद नेपाल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पाेखराथाेक पाल्पामा जन्मिनु भएका बिनाेद नेपाल ज्यू ४०काे दशक देखि निरन्तर रूपमा नेपाली साहित्यमा कलम चलाई रहने एक स्रष्टा हुनुहुन्छ। मुल बिधाकाे रूपमा लघुकथा लेखेपनि उहाँले अन्य बिधाहरू यात्रा संस्मरण, कविता, मुक्तक र हाइकु पनि लेख्दै अाउनु भएकाे छ।२०७७ साउनमा लघुकथा कृति ” गाेदान” प्रकाशन गर्नु भएका लघुकथाकार बिनाेद नेपाल ज्यूलाई कृति सफलताकाे शुभकामना सहित सु स्वास्थ दिर्घ जीवनकाे कामना गर्दै अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट,

लघुकथा: आशा
– विनाेद नेपाल

‘बा दसैं त गैसक्याे नि हैन र ?’

‘किन ? के गर्नुपर्‍यो ?’

‘दसैंमा के किन्दिम्ला भन्नुभाथ्याे सम्झनुस् त’

‘ए साँच्ची, हाे त है’ ‘तर तेराे दुर्भाग्य यस्पाली घरमै दसैं मनाउनु पर्‍यो नि’
‘त्याे जाबाे यहीँ हाम्रै टाेलकाे पसलमा पाईहाल्छ नि’

‘ थाहा छ, तर पैसाे चाहियाे नि पैसाे, तेराे मामाघर जान पा भए पाे दक्षिणा पाईन्थ्याे र…’

२०७७।०७।११

यसमा तपाइको मत