स्रष्टा परिचय:- बि.सं २०२६ जेठ १७ गते कुश्मा नगरपालीका – १४ पर्वतमा पिता पदमपाणी पैडेल र माता धनसरी पाैडेलकाे सुपुत्रकाे रूपमा जन्मनु भएका लघुकथाकार नारायण पाैडेल नेपाली साहित्यकाे लघुकथा बिधामा निरन्तर कलम चलाउदै अाउनु भएका एक स्रष्टा हुनुहुन्छ। उहाँका लघुकथाहरू लघुकथा पाठशाला , अाधुनिक नेपाली लघुकथा फेसबुक पेजमा हामीले पढ्दै अाएका छाै। सामाजिक परिवेशलाई बिषय बस्तु बनाएर चाेटिला लघुकथा लेख्न सिपालु लघुकथाकार नारायण पाैडेल ज्यूले अाधुनिक नेपाली लघुकथा फेसबुक पेजमा पाेष्ट गर्नु भएकाे उहाँकाे लघुकथालाई खाेज अनलाइन डट कम मा प्रकाशित गरेकि छु। हामी उहाँकाे साहित्यिक प्रगति सु स्वास्थ र दिर्घ जीवनकाे कामना गर्दछाै।
लघुकथा :- मेराे छिमेकी ।
नारायण पाैडेल ।
म काेराेना संक्रमित भएर अाइसाेलेसनमा गएपछि फर्किदैन भन्नेमा मेराे छिमेकी ढुक्क थियाे ।
भेण्टिलेटरमा गए नगएको खुब चासाे थियाे उसलाई । ऊ मेराे पाइला पाइलामा कुभलाे चाहाने प्रतिद्वन्द्वी हाे ।
अरु छिमेकी पनि मसँग सशंकित थिए । १५ दिनपछि म टुप्लुक्क घर अाइपुगें । अघिपछि डिस्चार्ज हुँदा छिमेकीहरु घरमा भेट्न अाउथे । यसपालि टाढैबाट ठूल्ठूला अाँखाले हेरे, काेही भेट्न अाएनन् ।
केही दिनपछि अरु छिमेकीसँगकाे व्यवहार सामान्य बन्दै गयाे । तर प्रतिद्वन्द्वी छिमेकी सामान्य हुन सकेन । एकदिन अचानक उसँग जम्काभेट भयाे । भेटमा उसले काेराेनाकै प्रसंग काेट्यायाे ।
ऊ मभन्दा निकै पर उभिएकाे थियाे । “तपाई त अाइसाेलेसनमा गएकाे मान्छे भन्नुस् त, काेराेना लाग्दा कस्तो हुँदाेरहेछ ?” उसले मेराे पीडामय कारुणीक जवाफ सुन्न चाहेकाे थियाे ।
“शुरुमा जीउ दुख्यो, हल्का रुघा लाग्याे, घाटी खसखस गर्याे, ज्वराे अायाे, जिब्रोले खानाकाे स्वाद पाएन, नाकले गन्ध थाहा पाएन र स्वास फेर्न अप्ठ्यारो भयाे ” मैले भनें ।
“नाकले गन्ध थाहा नपाएपछि त जे खाएपनि भयाे है !” उसले मुसुक्क मुस्कुराएर भन्याे ।
केही समयपछि मेराे प्रतिद्वन्द्वी छिमेकी अचानक बिरामी पर्याे । लामाे समयसम्म पनि बीसकाे उन्नाइस भएन । एकदिन उसले मृत्युुवरण गर्याे ।
छिमेकी चिरनिन्द्रामा थियाे । अाँगनमा थुप्रै मलामी सामेल भएका थिए । हुनत ऊ काेराेनाले मरेकाे थिएन । तैपनि उसलाई कसैले छाेएनन् ।
जिउँदो हुँदा उसले मलाई नछाेअाेस् भन्ने चाहान्थ्याे । उसकाे छाेराले “अंकल, अंकल” भन्दै रुन्चे मुख लाएर मेराे शरण परिसकेको
थियाे ।
“तपाई त छिमेकी हैन ? यसाे लाइलुवाई गर्नुस् त!” केही रमितेहरुले मलाई अादेश दिए । मृतक छिमेकीकाे लास उचाल्ने,बाँध्ने,घाटमा पुर्याएपछि बाँधेकाे डाेरी खाेल्ने, चितामा राख्ने काम मेराे भागमा पर्याे ।
उसलाई चितामा चढाइयाे । मृतक छिमेकीले “मलाई छाेएर किन काेराेना सारिस् ?” भन्दै जुरुक्क उठ्छ कि जसरी एकाेहाेराे ट्वाल्ल हेरिरहेकाे थियाे ।
२०७७/०७/१९
चितवन ।



