स्रष्टा परिचय/ कर्माचार्य पौडेल

- प्रस्तुति : तारा के सी


गङ्गा कर्माचार्य पौडेलको जन्म २०११ साल भाद्र २० गते माता कृष्णदेवी कर्माचार्य पिता पूर्णलाल कर्माचार्यकी कान्छी सुपुत्रीको रुपमा स्याङ्जा जिल्लाको दार्सिङ दहथुम गाविस हाल भिर्कोट नगरपालिका वडा नं १, दार्सिङमा भएको थियो । वि. स. २०३४ सालमा उनको विवाह काठमाडौं निवासी कलाकार हेम पौडेलसँग भएको थियो । उनी लेखनको अलावा साहित्यिक पत्रिकामा, विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध रहेकी छन् । गङ्गा कर्माचार्य पौडेल नेपाली भाषा साहित्यको बाल, किशोर, प्रौढ सबै उमेरका पाठकहरूलाई साहित्यक रचना गर्ने सक््िरmय स्रष्टा हुन् । पृथ्वीनारायण कलेज पोखराबाट स्नातकसम्म औपचारिक शिक्षा आर्जन गरेकी उनले स्कूल जीवनदेखि नै साहित्यमा रुचि राख्ने गर्दथिन् । २०३३ सालमा उनको पहिलो कृति “गङ्गाका केही छालहरू” कविता सङ्ग्रह प्रकाशित भएपछि अहिलेसम्म बालसाहित्यको १८, किशोर साहित्यको २, प्रौढ साहित्यको ६ वटा कृतिहरु प्रकाशित भइसकेका छन् । थप अरु पनि प्रकाशित हुने क्रममा छन् । त्यसै गरि संयुक्त लेखनमा दुई दर्जन कृतिहरू प्रकाशित छन् ।
गङ्गा कर्माचार्य पौडेलले नेपाली भाषा साहित्य र समाज सेवामा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गरि विभिन्न संधसंस्थाहरुले १३ ओटा पुरस्कार, चार ओटा पदक, १४ ओटा सम्मान, ४ ओटा कदर पत्रबाट विभुषित गरिसकेका छन् । लेखिका स्वयम्ले पनि बुबाआमाको स्मृतिमा अक्षय कोषको व्यवस्था गर्नुको साथै साहित्य र अपाङ्गका क्षेत्रमा अक्षय कोष राखेर पुरस्कार प्रदान गरिएको पाइन्छ । उनका केही बाल र किशोर कृतिहरूलाई काठमाडौं, ललितपुर, पोखरा, काभ्रेका स्कूलहरूले अतिरितm पाठ्यपुस्तकमा समावेश गरेर पठनपाठन गराउँदै आएका छन् । आजको अंकमा हामीले लघुकथाकार गंगा कर्माचार्य पौडेलको लघुकथा सपना प्रस्तुत गरेका छौं ।
सपना
गंगा कर्माचार्य पौडेल
आहाहाहा…कति राम्रो बगैचा । रङगीचङ्गी फूलहरू फुलिरहेकाछन् । जापानी दुवो सरेर हरियो भइसकेकोछ । पर्खाल छेउका धूपीहरू हलक्कै बढेका छन् । यो सब देखेर आनन्द लाग्यो । मैले मनमनै भनेँ ‘म कति भाग्यमानी रहेछु, बेलैमा जग्गा किनेर घर बनाएँ । अहिले भएको भए काठमाडौंको जग्गा के किन्न सकिन्थ्यो र ? यसमा मेरी श्रीमतीको ठूलो सहयोग रहेको छ । उनैले पहिला यो जग्गा किनौं भनेर हौस्याएकी हुन्’ ।डेरामा बस्दा कति दुःख थियो । दिनहुँ घरबेटीको कचकच, दुईचार जना मान्छे कोठामा आएको देख्नै नहुने । त्यसमा पनि पानीको सकस् । पैसा तिरेर बस्दा पनि कहिल्यै आफूले भने जस्तो नहुने ।
अहिले भने बल्ल त्यो कष्टबाट मुक्ति पाइयो । यस्तै सोचिरहँदा मलाई फूलहरुमा पानी हाल्न मन लाग्यो । त्यसपछि पाइप तानेर धारातिर लागेँ । धाराको टुटीमा पाइप घुसारेर टाउको घुमाएर धारो खोलेँ । पाइप भित्रभित्रै पानी सलुलुलु बगेर बगैंचामा पुग्यो । मैले हत्तन पत्त पाइपको मुख समातेर हलुकासँग थिचेँ । छिरिरिर्र गर्दै पानी निस्केर फोहरा बन्यो । मैले पाइप घुमाइघुमाई बगैचाका फूलहरूमा पानी छर्किदिएँ ।पानीमा नुहाएर सलर््ाक्क परेका ती ताजा फूलहरु म देखि खुसी भएर मुसुक्क मुस्कुराए । भर्खर उदाएको सूर्यका किरण पर्नाले पातमा भएका पानीका थोपामा इन्द्रेणी परेको हेर्दा कस्तो आनन्द लाग्यो । अब बाटमो छापेको ढुङ्गाहरु पखाल्न प¥यो भनेर उतैतिर पाइप तान्दै थिएँ । श्रीमतीले ए हजुर ! उठ्नुस्न भनेर घचघच्याइन् । म झसङ्गै भएँ ।
उनी भन्दै थिइन् “छिटो उठ्नुस्न भन्या, आज राति दुईबजे धारामा पानी आउँछ रे । १० मिनट बाँकी छ दुई ब्ज्न । हप्ता दिन बिराएर पानी आउँछ धारामा । त्यै पनि नथापे खाना पकाउने पानी नै हुँदैन” । दिनभरि भारी बोकेर अरररो भएको मेरो ढाड सोझ्याउँदै उठें र कोठाको चारैतिर हेरें । टुकीको मधुरो उज्यालोमा पनि प्रष्टै देखियो छिँडीको चिसो भुइँको ओ्यानमा कुनातिर मस्त निदाईरहेको मेरो सानो छोरा र हातमा खाली पलाष्टिकको ग्यालेन बोकेरे मैतिर हेरी उभिरहेकी मेरी श्रीमती ।

यसमा तपाइको मत